Daraz Life

नेपाली महिला द्वारा बनेको नेपाली ब्रान्ड बिसेश क्रिएसन


नेपाली महिला द्वारा बनेको नेपाली ब्रान्ड

Read in English – Seller Story: Bisesh Creation, Nepali brand Made by Nepali Women

कुनै दिन एउटा सानो टेलरिङ्ग पसल, आज बिसेश क्रिएसन, नेपाल भरी आफ्ना उत्पादन बितरण गरी धेरै को आय आर्जन को स्रोत हुन पुगेको छ । नेपाली महिला द्वारा बनेको नेपाली ब्रान्ड बिसेश क्रिएसने प्रेरणात्मक कथा सुनेर प्रेरित नहुने कोइ छैन होला ।

आफ्नै देशमा बसी केहि गर्न सकिन्छ भन्ने सन्देश बोकी अगी हिडेका, बिसेश क्रिएसनका संस्थापक, बिसेश जोशीको सफलता को यात्रा एस्तो रहेको छ ।

जन्म

बैशाख १२, २०७२, एउटा बिशाल भूकम्पले पुरै देश लाई तुक्रा तुक्रा पार्देको छ । जता हेर्यो त्यतै निराशा र दुःख छाएको छ । भूकम्प को असर बाट झेलिरहेका नेपालीहरुलाई छिमेकी नाकाबन्दी ले जिवन जिउन झनै गाह्रो बनाइदिएको छ । यसै बिच जोशी जी ले सिप भएको तर दुर्भाग्यवश बेरोजगार भएका महिला हरु देखे । उनी आफै धेरै कठिनाईहरु को

The talented hands at Bisesh Creation. 

सामना गर्दै थिए, तर उनले ति सिप मुलक महिला हरुमा एउटा आशा को किरण देखे । उनलाई आफ्नो डीजाइनहरु संसारमा लेराउन काबिल र सिपालु हात हरुको जरुरत थियो । त्यो उनले ति महिला हरुमा देखे । र यसरी जोशी जि को डीजाइन र ती महिलाहरुको कलात्मक हात मिली बिसेश क्रिएसन को जन्म भयो ।

जती जे भएपनि हामी नेपालीहरु कहीले झुक्दैनौँ भन्ने कुराको पुष्टी जोशी जी को त्यस्तो समयमा पनि इमान्दारीका साथ नेपालमै केही गर्नसक्छु भन्ने अठोट बाट देख्न सकिन्छ ।

छिट्टै नै बिसेश क्रिएसन ले त्यसपछि लोकप्रियता कमाउन थाल्यो । अन्लाईन शप्पिङ बाट आफ्नो व्यापार झन बढाउन सक्ने देखे पछि बिसेशजी दराजमा सेलर को रुपमा सामेल भए।

सफलता तथा दराजको यात्रा

जोशी जी आहीले दराज मा व्यापार गर्ने निर्णय सही रहेछ भनेर सम्झनछन । उनका अनुसार, दराजमा पसल सञ्चालन गर्ने बित्तिकै व्यापर ६० प्रतिशत ले बढ्न पुग्यो । साथै दराज टिमको निरन्तर सहयोग र समय समयबमा हुने क्याम्पेनहरु ले गर्दा उनले आज धेरै ग्राहकहरु बटुल्न सके । सिप, धैर्यता र लक्ष्य लिएर अगी हिडे, नेपालमा पनि धेरै गर्न सकिन्छ भनेर बिसेश क्रिएसन ले जनाउदछ ।

बिसेश क्रिएसन को कथा बिसेश जी कै शब्दमा सुन्नुहोस :

[embedyt] https://www.youtube.com/watch?v=WGrJVr4UKnI[/embedyt]

दराज बिक्रेता कसरी बन्ने ? एकै क्लिकमा अनलाइन व्यवसाय गर्नुहोस

एसका साथै बिसेश क्रिएसन ले यस मे २२ मा, दराज सँग मिली बिसेश क्रिएसन ब्रान्ड डे आयोजना गर्दैछ । उक्त अभियान अनुसार उपभोक्ता हरुले बिसेश क्रिएसनको हरेक समान रु ९९९ भन्दा कम दाम मा किन्न सक्दछन । साथै धेरै भाउचर्स र छूट को पनि व्यवस्था गरिएको छ । उक्त अभियान को मज्जा उठाउँन दराज मा बिसेश क्रिएसन को पसल फलो गर्नुहोला । फलो गर्न यस लिन्क मा जानुहोस : http://bit.ly/BiseshCreation

Leave a Reply

Send this to a friend