Daraz Life

दराजमा सामान किन्दा याद राख्नुपर्ने एकदमै जरुरी कुरा

दराजमा कुनै पनि सामान किन्नु अघि सबै भन्दा पहिला के प्रश्न गर्नु हुन्छ ? सामान राम्रो छ कि छैन भनेर हैन? सामान को गुण्स्तर चेक गर्न दराजमा धेरै फिचरहरु राखिएका छन्। ती मध्ये एउटा हो प्रोडक्ट् रिव्यू र रेटिङ्गस्। प्रोडक्ट् रिव्यू र रेटिङ्गस् यस्तो सुविधा हो जसबाट उपभोक्ताहरुले आफुले किनेको सामानको बारेमा प्रतिकिया दिन सक्नुहुन्छ। सबैभन्दा राम्रो सुझाव त जसले त्यो प्रोडक्ट् किन्नु भएको छ, उनै बाटनै आउँछ, हैन त ? त्यैसैले प्रोडक्ट् रिव्यू र रेटिङ्गस् याद राख्नुपर्ने एकदमै जरुरी कुरा हो। त्यसैले, आज म तपाइलाई, प्रोडक्ट् रिव्यू र रेटिङ्गस् कसरी  गर्ने भनेर सिकाउनेछु। 

दराज online shopping in nepal
4 steps to write review and ratings
  1. सबै भन्दा पहिला दराज एप खोल्नुहोस् र लग इन गर्नुहोस्। 
  2. होमपेजमा जानुहोस र तलको अक्काउन्ट आइकोनमा ट्याप गर्नुहोस्।
  3. अक्काउन्ट पेजमा, “To Review” मा ट्याप गर्नुहोस । यहाँ तपाईले किन्नुभएको सामानहरु लिस्ट हुन्छ।
  4. कुनैपनि सामानलाइ सेलेक्ट गरी प्रतिक्रिया दिनुहोस।
  5. तपाइलाई सामान कस्तो लग्यो भनेर जनाउन तपाइले १ देखि ५ तारा अथवा रेटिङ्ग दिनुहोस्, जहाँ ५ तारा भनेको एकदमै राम्रो र १ भनेको चित्त नबुझ्दो। 
  6. प्रतिकिया लेख्दा तपाइलाई सामान कस्तो लाग्यो भन्नुहोला । तपाइलाई के राम्रो या नराम्रो लागेको छ सबै कुरा भनिदनुहोला । तपाईले यहाँ सामानको फोटो पनि हाल्न सक्नुहुन्छ।र सेलरलाई पनि रेटिङ्गस् दिन सक्नुहुन्छ।
  7. केहि समय पछि तपाइको रिव्यू र रेटिङ्गस् उक्त प्रोडक्ट्को प्रोडक्ट पेजमा हेर्न मिल्नेछ जसले अरु ग्राहकहरुलाई निक्कै सहयोग पुग्नेछ। 

यसरीनै तपाईलेअरुको रिव्यू र रेटिङ्गस्हरु पनि हेर्नसक्नुहुनेछ। कुनैपनि प्रोडक्ट पेजमा तल स्क्रोल  गर्नुहोस त। त्यहाँ तपाईले प्रोडक्ट्को रिव्यू, रेटिङ्गस्, विशेसता सबै देख्न सक्नुहुन्छ। यहाँ तपाईले उक्त प्रोडक्ट्का बारेमा सेलरलाई थप प्रश्न पनि गर्न सक्नुहुन्छ र सेलर सँग प्रतक्ष च्याट पनि गर्नसक्नु हुन्छ।

देख्नु भयो त, एक्दमै सजिलो छ । थप जानकारीका लागि उक्त लिङ्कमा जानुहोस्  http://bit.ly/darazhelpcenter

दराजका नयाँ–नयाँ अफरहरु तथा सुविधाहरुको फाइदा उठाउन आजै दराज एप डाउनलोड गर्नुहोला। 

Leave a Reply

Send this to a friend