Daraz Life

दराज ले ड्रप अफ पलिसी किन सुरु गर्यो? दराज को नया रीर्टन प्रोसेस झन्झटिलो छ कि सजिलो?

रीर्टन अथवा फिर्ता गर्ने प्रोसेस

तपाइले चाहेको जस्तो सामान न आउदा सबै भन्दा पहिला तपाइले दराज एप बाट रीर्टन अथवा फिर्ता गर्ने प्रोसेस सुरु गर्नु पर्छ । त्यसको लागि दराज एप मा आफ्नो अकाउन्ट्मा जानुहोस “सी अल” मा सेलेक्ट गर्नुस र फिर्ता गर्नु पर्ने समान लाई सेलेक्ट गर्नुहोस् ।

तपाइले समान ७ दिन भित्र अथवा दराज मल को समान हो भने १४ दिन भित्र फिर्ता गर्न सक्नुहुन्छ। तपाइले समान को छेउ मा रीर्टन लेखेको देख्न सक्नु हुन्छ, त्यसलाई सेलेक्ट गर्नुहोस् । त्यस पछि रीर्टन किन गर्नु परेको कारण छान्नुहोस् र अन्य प्रतिक्रिया दिनुहोस । त्यसपछि तपाइले रीर्टन कोड र ट्रयाकिंग नम्बर पाउनु हुन्छ जसलाई एउटा कागज मा टिपी फिर्ता गर्ने समान संग दराज प्याकेजिङको बाहिर देख्ने गरि रखिदिनुस । थप जानकारी का लागि यो भिडियो हेर्नु होला ।


https://www.facebook.com/daraznp/videos/459010501671944/?t=0

अब समानलाई प्याक गरेपछि यसलाई तपाई नजिक भएको दराज हब मा छाडी दिनुहोस् । हब मा छाडे पछि तपाइले आफ्नो सामान रीर्टन प्रोसेस मा कता पुग्यो भनेर हेर्न एउटा लिंक एस एम एस र मेल बाट पाउनु हुन्छ ।

हब हरु कता छन् पत्ता लाउन दराज अप को हेल्प सेन्टर मा रहेको “रीर्टन्स् एंड रीफन्ड पलसी” मा देख्न सक्नु हुन्छ । नेपाल भरि दराज ले व्यापार गर्ने ठाउँ मा दराज का हब हरु छन् ।

अब हब मा सामान छोड्नु को फाइदा के त?


धेरै लाई यो झन् झन्झटिलो लाग्ला, अवष्य पनि अनलाइन शपिंग को अर्थ काम सजिलो बनाउने हो न त झन्झटिलो । साथै दराज माथि लागेका आरोपहरु (कति झुटो, तथा कति निर्दोष गल्तिहरु) ले गर्दा हामीले यो तरिका अपनाउनु परेको छ । यसले हुने फाइदाहरु यस प्रकार का छन्

  • तपाइले आफ्नो समय मा सामान छोड्न सक्नु हुन्छ, दराज को डीलिवरी गर्ने व्यक्ति लाई पर्खन पर्दैन
  • कहिले काहिँ उपभोक्त हरु दराज को डीलिवरी गर्ने व्यक्ति सामान लिन आउदा कतै अरुआवश्यक काममा व्यस्थ हँुदा सामान फिर्ता हुन समय लाग्न सक्छ
  • दराज का हब हरु धेरै ठाउँ मा छन् त्यसैले तपाइले धेरै टाडा पनि जानु पर्दैन
  • तपाइले आफ्नो सामान लाइ आफैले ट्रयाक गर्न सक्नु हुन्छ, जसले गर्दा रीर्टन प्रोसेसको हरेक जानकारी तपाइले पाउनुहुन्छ ।

Leave a Reply

Send this to a friend