दराज मा किन एउटै वस्तु भिन्ना भिन्नै मूल्य मा पाइन्छ जान्नुहोस! 0 122

3 min read

जता जता त्यतै हल्ला छ अहिले दराज को । केहि राम्रो भने केहि नराम्रो । र उपभोक्ता हरुको प्रश्नहरु जहिले त्यहीँ छन् :

किन एउटै सामान अनेक मूल्यमा पाइन्छ ?
ढुक्क भएर शपिङ कसरी गर्ने ?
समान को मूल्य बढाई छूट दिने त होइन ?

यी तीनटै प्रश्न को उत्तर तपाईले तल पाउनुहुनेछ ।

किन एउटै सामान अनेक मूल्यमा पाइन्छ ?

मान्नुहोस तपाई एउटा बेल्ट किन्न पसल जानु भयो रे । अब त्यहि बेल्ट को मूल्य तपाईले एउटा पसलमा ५०० मा पाउनुभयोहोला, आर्को मा ८००, र आर्को मा ४०० । भिन्ना भिन्नै पसल भिन्ना भिन्नै मूल्य, स्वाभाविक नै हो, हैन त?

ठ्याक्कै दराज मा हुने भनेको पनि त्यही हो । दराज एउटा ठुलो पसल हैन, यो बजार हो, न्यु रोड, असन, आदि जस्तैे । र तिनै न्यु रोड, असन, आदिमा व्यापार गर्ने बिक्रेताहरुले दराजमा पनि पसल थापेका हुन्छन् ।

उद्धाहरण को लागि यो तस्बिर हेर्नुहोस:

seller no. 1
Seller no. 2

यहाँ एउटै सामान दुइ विभिन्न बिक्रेताहरुले बेचिराख्नु भएका छन् । एक बिक्रेता ले फलानो मूल्य मा फलानो छुट दिएर उक्त सामान बेच्न राख्नुभएको छ भने आर्को बिक्रेता ले अर्को मूल्य र छुट दिएर उक्त सामान बेच्न राख्नुभएको छ । अब यो त वास्तविक बजार मा पनि हुने कुरा हो हैन त? यस्तो बेला तपाईले सामान को गुणस्तर जान्न अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया र रेटिंग हेर्न सक्नुहुन्छ र कुन बिक्रेता को कस्तो रेटिंग छ भनेर पनि हेर्न सक्नुहुन्छ ।
बिक्रेता को हो जान्न यसरी हेर्न मिल्छ

ढुक्क भएर शपिङ कसरी गर्ने ?


दराज मा धेरै बिक्रेता हरुले आफ्नो पसल थाप्न सक्ने हुँदा, सामान को गुणस्तर पनि विभिन्न हुन्छ । साच्चिकै को बजार जसरि विभिन्न गुणस्तर को समान पाइन्छ ठ्याक्कै त्यस्तै नै । अब आफूले नै विचार गरेर किन्नु पर्ने हुन्छ । तर दराज ले उपभोक्ताहरुलाई सजिलो होस् भनेर सेलर रटिंग, रीभयू, च्याट, इत्यादीको व्यवस्था गर्दछ ।


ढुक्कै भएर सम्मान किन्न बिक्रेता को रेटिंग र प्रत्रिकृया हेर्नुहोस । अरु उपभोक्ताहरुले त्यो सामान को बारेमा क भन्छन पढ्नुस, चित्र पनि हुन्छ हेर्नुहोस अनि बल्ल निर्णय लिनुहोस् ।

Seller: 246 Impex
To see item:
Click here


दराज मा धेरै गुणस्तर हिन समाम बेच्न राखे र समय मा डिलिवरी नगरे सेलर माथि एक्शन पनि लिइन्छ।

दराज मल

दराज ले उपभोक्ताहरु ढुक्क भएर शपिङ गर्न सकुन भनेर दराज मल को सुरुवात पनि गरेको हो । दराज मल मा आधिकारक बिक्रेता तथा अन्तरास्ट्रिय र राष्ट्रिय ब्रान्ड का शोरुम हुने गर्दा त्यहाँ पाइने समान उच्च गुणस्तर का हुन्छन र सामान मन नपरे १४ दिन भित्र फिर्ता गर्न सकिन्छ । दराज मल कहिले अनलाइन शपिङ नगरेकाहरुका लागि उच्च हुन्छ ।

अब कुरो आयो दराज ले मूल्य बढाएर छूट दिने भन्ने कुरा ।

दराजमा सामानको मूल्य र कती छूट दिने भनेर बिक्रेता आफैले निर्धारण गर्दछन् । तर दराजमा कुनै पनि अभियान जस्तो कि ११.११ हुँदा अभियान को लागि मात्र भनेर मोल बढाई छुट दिन कुनै पनि बिक्रेता लाई अनुमति दिएको हुन्न र सिस्टम अनुसार कुनै बिक्रेता ले यस्तो गर्न पनि सक्दैनन् । अभियानमा कसले कति छूट दिने भनेर निर्णय भएपछि मूल्य बढाउन पाइदैन र त्यसो गर्न खोजे कारवाई हुन्छ ।
यसको लागि म अहिले यो समान को चित्र राख्छु यहाँ । मूल्य पनि हेर्नुस र ११.११ को दिन मा गई यो समान को मूल्य कति हँुदो रहेछ आफै हेर्नुहोस र जन्नुहोस ।

११.११ मा उपभोक्ताहरुले राम्रै छूट पाउने कुरामा केहि संखा छैन । जस्तो कि यो रेड्मी नोट ७ प्रो फोन ।

Xiaomi को यस फोन को मूल्य अहिले रु २८९९९ रहेको छ तर दराज को ११ ११ मा शियाउमि Xiaomi ले यो फोन जम्मा रु २७२०० मा दिने निर्णय गरेको छ । त्यसको माथि दराज को भाउचर र ३५०० को बैंक डिस्काउण्ट लाउँदायो फोन रु २५००० मूनि मा आउनेछ ।

यहि हो फरक एउटा वास्तविक बजार र दराज अनलाइन बजार मा । यस्तो अभियान र छूट तपाईले कहिँ पनि पाउन सक्नुहुन्न । तपाईले कहिँ पनि क्रेडिट र डेबिट कार्ड को प्रयोग गरी २० प्रतिशत अथवा रु ३५०० सम्मको छूट पाउनु हुन्न न त भाउचर लगाई छूट पाउने भनेको पनि हुँदैन । यो बस दराजमा हुन्छ । पार्किंग को झन्झट छैन, सामान खोज्न भौतारिनु पर्दैन । अनलाइन समान किन्न जति जोखिम देखिए पनि माथि भने अनुसार सामान किने फाइदा नै छ ।

आशा गर्छु तपाइलाई यसले मद्दत पुरायो होला भनेर । अझै येस्तै जानकारी लिएर फेरी आउनेछोंउ ब्लग हेर्दै गर्नुहोला । धन्यबाद ।

Previous ArticleNext Article

Leave a Reply

css.php

Pin It on Pinterest

Send this to a friend