दराज को सहयात्री कार्यक्रम
दराज को सहयात्री कार्यक्रम अन्तर्गत इच्छुक व्यक्तिहरुले दराजमा आफ्नो अनलाइन पसल सुचारु गरि नेपाल भरि लक्डाउन मा पनि सामान बिक्रि गर्न सक्नेछन । अनलाइन पसल स्थापना भैसके पछि अनलाइन पसल सञ्चालन गर्न दराज ले इन्टरनेट मार्फत तालिम र अन्य आवश्यक सहायता प्रदान गर्नेछ। दराजले यस अन्तर्गत तपाइको अनलाइन पसल द्वारा उठेको आम्दानी तपाइको खाता मा हरेक हप्ता बुझाइदिने छ भने सिमित बिक्रेताहरुको लागि र्दइ महिना सम्म कुनै कमिसन न लिने सुविधा पनि राखेको छ ।
GO HERE TO READ THIS ARTICLE IN ENGLISH
नेपालमा अनलाईन सामान बेच्ने तथा किनमेल गर्ने (online shopping in Nepal)चलन बढिरहेको छ। यस महामारीको कारणले नेपालमा अनलाइन व्यापार गर्न चाहने पनि धेरै छन्। तर यस्तो संकट्मा अनलाईन पसल स्थापना गर्नु चुनौतीपूर्ण हुन सक्छ। त्यसैले दराज ले दराज सहयात्री कार्यक्रम प्रस्तुत गर्दैछ। कार्यक्रममा कूल रु ५५ लाख आर्थीक सहायता समावेश छ।
दराज सहयात्री कार्यक्रमका फाइदाहरू
कार्यक्रम अन्तर्गत दाराजले साना र मध्यम उद्यमहरूलाई (SMEs) कार्यक्रम अवधि भित्र कुनै पनि बजार शुल्क नलिने र कम समयमै दराजमा अनलाइन पसल स्थापना गरिदिने आश्वासन दिएको छ। यसकासाथै बिक्रेताहरुलाई आफ्नो अनलाईन व्यवसायबाट पूर्ण लाभ उठाउन दराज युनिभर्सिटी मार्फत ई-कमर्स सञ्चालन सम्बन्धित शिक्षा तथा तालिम नि:शुल्क दिइनेछ। यति मात्र नभई बिक्रेताहरुलाई दराजमा अनलाइन पसल स्थापना तथा सञ्चालनमा सहयोग पुर्याउन आफ्नो अनुभवी स्टाफ तथा विज्ञहरुको साथ पनि दिइनेछ। दराजले एसएमई क्षेत्रलाई पुनर्जीवीत गर्ने उद्देश्यका साथ आफू कार्यरत सबै देशहरूमा यस कार्यक्रम लागू गरेको छ र करीब आधा मिलियन डलरको अनुदान उपलब्ध गराउँदै छ।
यस कार्यक्रम भित्र रहेका अन्य फाइदाहरू
- कार्यक्रम अवधि सम्म सबै दराज विक्रेताहरुलाई साप्ताहिक भुक्तानी
- सबै एसएमई विक्रेताको लागि दराज एपमा उच्च दृश्यता र प्रचार
- कार्यक्षमता सुधार गर्न विश्लेषणात्मक अनलाइन उपकरण निःशुल्क दिइने
- नयाँ विक्रेताहरूलाई अनलाइन पसल स्थापना तथा सञ्चालनमा पूर्ण सहयोग
सहयात्री कार्यक्रम मार्फत हजारौं एसएमईहरुले ईवाणिज्यमा बढेको उच्च गतिविधिको उपयोग गरी देशभरिका लाखौं दराज ग्राहकसमक्ष पुगी व्यवसाय अघि बढाउन सक्ने कुरामा दराज विश्वस्त छ।
नेपालमा अनलाइन बिक्रि गर्ने कसरी ?
अनलाइन जान चाहाने सबै विक्रेताहरु दराज विक्रेता वेबसाइटमा गई दर्ता गर्नुहोला ।
थप जानकारीको लागि, कृपया यहाँ क्लिक गर्नुहोस्: https://bit.ly/becomeadarzseller
वा मार्केटिंग विभागलाई सम्पर्क गर्नुहोस्: ९८०१११४९६९ / media@daraz.com.np