Daraz Life

अनलाइन कमाउनुहोस्, दराज विक्रेता बन्नुहोस् यसरी

के तपाई सानो वा मध्यम उद्यम व्यवसाय चलाउनुहुन्छ र अनलाइन पैसा कमाएर यसको सक्दो फाइदा लिन चाहनुहुन्छ? दराजको सहयात्री कार्यक्रममार्फत तपाई सजिलैसँग नेपालमा अनलाइन पैसा कमाउन सक्नुहुन्छ!

सहयात्री कार्यक्रमको साथ दराजले तपाईलाई नेपालमा अनलाइन बिक्री गर्ने उत्कृष्ट अवसर दिन्छ। दराज मा विक्रेता बन्नुहोस् र तपाईको व्यवसाय फेरी संचालन गर्नुहोस। यसले तपाईलाई नेपालमा अनलाइन पैसा कमाउनमा मद्दत गर्दछ र साथै तपाईको व्यावसाय पनि बढाउँदछ।

दराज सहयात्री कार्यक्रम अन्तर्गत अनलाइन पसल स्थापना गर्न चाहनेहरुको लागि दराज ले निम्न लिखित सुविधा दिने छ :

आर्थिक सहयोग:
अनलाइन पसल द्वारा उठेको आम्दानी तपाइको खातामा हरेक हप्ता बुझाइदिने भने सिमित विक्रेताहरूको लागि कार्यक्रम अवधि सम्म कुनै कमिसन नलिने

व्यवसाय सन्चालनमा सहयोग:
दराज ले आफ्नो अनुभवी स्टाफ द्वारा व्यवसाय सन्चालनमा पुरै सहयोग दिनेछ। केहि गारो मान्नु पर्ने छैन। अनलाइन पसल सन्चालन गर्न जरुरि हरेक चिज को बारे जानकारी का साथ अनलाइन उपकरणहरु पनि नि:शुल्क दिनेछ।

नि: शुल्क विज्ञापन र प्रचार
सहयात्री अन्तर्गत भाग लिने विक्रेतहरुको अनलाइन पसलमा देशभर बाट लाखौं ग्राहकहरु आकर्षित गर्न दराज ले आफ्नो एप र वेब्साइट मा नि: शुल्क विज्ञापन र प्रचार गरिदिने छ।

अनबोर्डिंग र प्रशिक्षण:
विक्रेताहरुलाई आफ्नो अनलाइन व्यवसायबाट पूर्ण लाभ उठाउन दराज युनिभर्सिटी मार्फत ई-कमर्स सञ्चालन सम्बन्धित शिक्षा तथा तालिम नि:शुल्क दिइनेछ।

एक्सप्रेस साइन अप :
दराजले सबै नयाँ विक्रेताको लागि एक्सप्रेस साइन अप को सुविधा दिनेछ जसबाट दराजमा कम समयमै आफ्नो नयाँ व्यवसाय सुरू गर्न सक्नुहुनेछ ।

दराज का विक्रेताहरु के भन्छन? जान्न यता क्लिक गर्नुहोस्

दराजको विक्रेता बन्ने तरिका यस प्रकार छन्ः

१. दर्ता गरी उत्पादनहरु सूची गर्नुहोस

दराजमा आफ्नो व्यवसाय दर्ता गर्न को लागि यहाँहरु को व्यवसाय PAN या VAT  मा दर्ता भएको हुनुपर्ने छ । साथै यहाँहरुको बैंक खाता रहेको हुनुपर्नेछ । दर्ता गर्न कुनै शूल्क लाग्दैन, यो सत्प्रतिशत निःशूल्क प्रक्रिया हो ।

विक्रेताका रुपमा दर्ता गर्न उक्त साइटमा जानुहोसः Daraz Seller Center

२. अर्डरहरु प्राप्त गर्नुहोस, समान प्याक गर्नुहोस र बिक्री गर्नुहोस

दर्ता भइसके पछि यहाँहरुले उत्पादनहरु सूची गर्नहोस । अब दर्ता र सूची गरीसके पछि यहाँहरुले उत्पादनहरु बिक्री गर्नसक्नुहुनेछ । यस पश्चात यहाँहरुले छिट्टै उपभोक्ताहरु मार्फत समानहरुको अर्डरहरु प्राप्त गनुहुनेछ । उक्त अर्डरहरु यहाँहरुले विक्रेता सेन्टर (seller center) प्रयोग गरी व्यवस्थापन गर्न सक्नुहुनेछ ।

यहाँहरुले उपभोक्ताहरु मार्फत समानहरुको अर्डरहरु प्राप्त गरीसके पछि उक्त अर्डरहरुको प्याकेजिङ्ग मात्र गर्नुपर्नेछ, बाकी सबै हामी माथि छोडिदिनुहोस ।

३. भुक्तानीहरु प्राप्त गर्नुहोस, व्यापार बढाउनुहोस

दराजले समान वितरण गरीसके पछि तपाईको बैंक खातामा भुक्तानीहरु जम्मा गरीदिनेछ । दराज सगँ तपाईले नेपालका सबै ठूला शहरहरुमा आफ्नो पहुँच पुर्याउन सक्नुहुनेछ । दराजले नेपालका २२ ठूला शहरहरुमा सजिलैसँग वितरण गर्नसक्दछ ।

दराजमा विक्रेता किन बन्ने?

दराज दक्षिण एशिया कै सबै अन्दा ठूलो भर्चुअल बजार हो। दराज मा कूल २० करोड भन्दा बढी उत्पादनहरू छन्। टेक्नोलोजीको यस अग्रणी युगमा, दराजको उद्देश्य लाखौं ग्राहकहरूलाइ लाखौं विक्रेतालाई हरु संग जोड्ने हो । दराजले सहयात्री कार्यक्रम मार्फत विक्रेताहरूलाई मे र जून महिनाका लागि कुनै पनि कमिसन चार्ज गर्नेवाला छैन! दराजको सहयोगमा नेपालमा अनलाइन बिक्री सुरु गर्न यो उत्तम समय हो।

आजै नेपालको सबैभन्दा ठूलो अनलाइन शपिंग वेबसाइटको एक हिस्सा बन्नुहोस्।

download Daraz Seller app and earn money online in Nepal
डाउनलोड गर्न माथि क्लिक गर्नुहोस्!

अनलाईन मोबाइल फोन व्यापार कसरी सुधार गर्ने? यो हेर्नुहोस्!

Leave a Reply

Send this to a friend