Daraz Life

स्वादिलो चामलको खीर कसरी बनाउने, हेर्नुहोस्

चामलको खीर को रेसिपी:

लाग्ने समय: ६० मिनट
कठिनाई: सजिलो

खीर को नाम सुन्ने बित्तिकै मुखमा पानी आउछ, प्राय:जसो नेपाल मा चाडपर्व को मौका पारि खीर बनाईन्छ। तपाई पनि चामलको खीर को यो रेसिपी हेरेर घरमा खीर बनाएर ट्राई गर्न सक्नु हुन्छ।

कसरी सर्व गर्ने:

यो तातो सर्व गरिन्छ तर चिसो बनाएर पनि सर्व गर्न सकिन्छ। खीर चिसो बनाएर खादा झन् स्वादिलो हुन्छ ।

Get ingredients for your Kheer from Big Mart at Daraz before they run out. Click Here!!!!

चाहिने सामग्री:

  • २ लिटर दूध
  • २०० ग्राम ताइचिन चामल
  • १/२ कप चीनी (४ ठूलो चम्चा )
  • १०-१५ किशमिश
  • ४ हरीयो इलायची
  • १०-१२ बदाम , टुक्रा टुक्रा पार्ने
  • ५-१० काजु
  • १ ठूलो चम्चा घ्यु

Key Ingredients: Rice, Sugar, Milk, Ghee, Raisins, Almond.

बनाउने वि​धि:

  1. पहिले चामल राम्रो सँग पखाली २० मिनट जति भिजाउनुहोला ।
  2. अब कराईमा दूध उमालनुहोस्।
  3. अब आगो सानो पारेर चामल हाल्नुहोस्।
  4. चामललाइ सानो आगोमा ४०-४५ मिनट पाक्न दिनुहोला, बेला बेला मा डाडूले चलाइराख्नु ।
  5. अब इलायची, चीनी र किशमिश हाल्नुहोला।
  6. यसलाई चीनी पुरै नघुले सम्म लगातार चलाइराख्नुहोला।
  7. अब घ्यु हाल्नुहोला अनि आगो बन्द गर्दिनुहोला ।
  8. सजाउन को लागि बदाम र काजु हाल्नुहोला।
  9. चिसो बनाइँ या तातो खीर सर्व गर्नुहोला।
चामलको खीर को रेसिपी

कस्तो भयो त खीर? कमेन्टमा भन्नुहोला है!

READ: How to Improve Your Online Mobile Business in Nepal?

Leave a Reply

Send this to a friend