Daraz Life

सफल अनलाइन व्यवसायको लागि जान्नुपर्ने ८ महत्वपुर्ण कुराहरु

नेपालमा अनलाइन इलेक्ट्रोनिक्स व्यापारमा धेरै समय देखि ठुलो बृद्धि देखा पर्दै छ। विशेष गरी गर्मी सीजनमा माग उच्च रहन्छ।

के तपाईसँग इलेक्ट्रोनिक्स स्टोर छ? यदि त्यसो हो भने, अब तपाईको व्यापारलाई अनलाइन लिएर गए तपाईको ब्यापार बढाउन पक्का मद्दत गर्नेछ। नेपालमा अनलाइन इलेक्ट्रोनिक्स व्यापारको द्रुत बृद्धि हुने अपेक्षा गरिएको छ। त्यसैले, यो निश्चित छ कि यो नेपालमा अनलाइन बेच्ने उत्तम समय हो।

तर बृद्धि येत्तिकै हुदैन, केहि सुझाव र तरिकाहरु छन् जुन तपाईले आफ्नो अनलाईन व्यापारलाई सफल बनाउन जान्नु पर्नेछ।

  • तपाईको अनलाइन शपको लागि एक उचित र विस्तृत परिचय।

तपाईको इलेक्ट्रोनिक्स र ग्याजेटहरूको पसलको विस्तृत परिचय हुन जरुरि हुन्छ। ग्राहकहरुलाई पसल के को लागि, कस्तो सुविधा दिन्छ, आदि इत्यादी जानकारी दिन त भुल्नै हुन्दैन। तपाईले एक संक्षिप्त परिचय, ईमेल, सम्पर्क, विशेषता, र सामाजिक मिडिया च्यानलहरू (यदि कुनै छन् भने) अनिवार्य रूपमा समावेश गर्न आवश्यक छ। यसले तपाईको पहुँचमा ठूलो प्रभाव पार्छ।

  • सटीकताका साथ तपाईको पसल मा पाउने सामानहरु सूचीकृत गर्नुहोस्!

जब अनलाइन बेच्ने कुरा आउँछ, सबैभन्दा ध्यान दिनु पर्ने भनेको समानहरु कसरी सूचिबद्ध गरिएका छन्। सजिलो सँग सामान के के छ हेर्न मिल्छ कि मिल्दैन त्यसलाई ध्यान दिनु पर्छ।

तसर्थ, तपाईको उत्पादनहरू तपाईको अनलाइन शपमा विस्तृत विवरणको साथ सूचीकृत गर्नुहोस् र अप टु डेट राख्नुहोस्।

  • सामानहरुको सहि तस्बिर प्रयोग गर्नुहोस्

सामानहरुको सहि तस्बिरहरुले ग्राहकहरुलाई आकर्षित गर्न को लागी एक ठूलो भूमिका खेल्छ। तपाइले बेच्न खोजेको उत्पादनको धेरै तस्वीरहरू लिन आवश्यक पर्दैन, तर केहि उच्च गुणस्तर को तथा प्रष्ट तस्बिरहरु हुनुपर्छ जसले उत्पादन कस्तो देखिन्छ भनेर देखाउने हुनुपर्छ।

गलत तस्बिरहरु भए ग्राहकहरु फर्किन मुश्किलै छ।

  • सामानहरुको सहि विवरण लेख्नुहोस्

जब एक ग्राहक अनलाइन किन्न निर्णय गर्छन् उनी पहिले उत्पादन बारे विवरण खोजी गर्दछन्। त्यस पछि मात्र ग्राहकले अन्तिम निर्णय लिन्छन्। त्यसैले सामानहरु बारे चाहिने जानकारी सबै उल्लेख गर्नुहोस् जस्तो कि सामानको विशेषता, ब्रान्ड, वारेन्टी आदि। यसले सामान बिक्रि हुने सम्भावना बढ्छ।

  • सन्तुष्ट ग्राहकहरूलाई सकारात्मक रिभ्यु छोड्न प्रोत्साहन गर्नुहोस्

नेपालमा धेरै ग्राहकहरूले इलेक्ट्रोनिक चीजहरू अनलाइन किन्नु अघि धेरै पटक सोच्दछन्। किनभने इलेक्ट्रोनिक उत्पादनहरू प्राय: महङ्गो हुन्छन्। त्यसैले सकारात्मक रिभ्यु र रेटिङ्ग मार्फत आश्वासन पाउँदा ग्राहकहरू अनलाइन खरीद गर्न प्रोत्साहित हुन्छन्।

धेरैजसो ग्राहकहरु अन्य ग्राहकहरुको विचार र अनुभवमा निर्भर हुन्छन्।

  • विश्वसनीयता निर्माण गर्नुहोस्

यदि तपाई विश्वसनीयता निर्माण गर्न चाहनुहुन्छ भने तपाईको सन्तुष्ट ग्राहकहरूलाई केहि सकारात्मक टिप्पणी छोड्न प्रोत्साहित गर्नुहोस्। राम्रो रिभ्युले निश्चित रूपमा विश्वास निर्माण गर्दछ।

  • सक्रिय रूपमा ग्राहकहरुसँग कुरा गर्नुहोस्

एउटा अनलाइन पसलको मालिक भएपछि ग्राहकहरुको प्रश्नहरूको जवाफ दिन सधैं तयार हुनुपर्दछ। तपाईले धेरै प्रश्नहरू प्राप्त गर्नुहुनेछ र ती मध्ये धेरै पहिले पनि सोधिएका हुन्छन्। यो बोरिङ्ग लाग्न सक्छ, तर, तपाई जति ग्राहकहरुको प्रश्नको उत्तर दिनुहुन्छ त्यतिनै तपाईको अनलाइन शप बढ्नेछ।

  • विभिन्न प्रकारका पेमेन्ट गर्ने माध्यमहरु दिनुहोस्

अनलाइन बेच्दा धेरै अप्सनहरु दिनुको अर्थ अधिक ग्राहकहरू पाउनु हो। तपाईले “क्यास अन डेलिभरी” (सीओडी), बैंक कार्ड बाट भुक्तानी र र अन्य अनलाइन पेमेन्ट गर्न मिल्ने तरिकाहरु दिन सक्नुहुन्छ। ग्राहकहरूलाई कार्ड ले पैसा तिर्दा छूट पाइने जस्ता प्रस्तावहरू दिनुहोस्। यसले तपाईको अनलाइन पसलमा अधिक ग्राहकहरुलाई आकर्षित गर्नेछ । यदि सम्भव छ भने, विभिन्न छूट र अफरहरु दिने कोशिस गर्नुहोस्।

अब, एउटा चीज छ जुन यी सबैलाई धेरै सजिलो र सरल बनाउँदछ।

दराज विक्रेता अभियान

दराज विक्रेता अभियानले तपाईलाई नेपालको सबै भन्दा ठूलो अनलाईन बजार दराज को बिक्रेता बन्ने अवसर प्रदान गर्दछ साथै यसको दर्ता प्रक्रिया धेरै सरल र छिटो छ।

दराजमा आफ्नो व्यवसाय दर्ता गर्न को लागि यहाँहरु को व्यवसाय PAN या VAT  मा दर्ता भएको हुनुपर्ने छ । साथै यहाँहरुको बैंक खाता रहेको हुनुपर्नेछ । दर्ता गर्न कुनै शूल्क लाग्दैन, यो सत्प्रतिशत निःशूल्क प्रक्रिया हो ।

विक्रेताका रुपमा दर्ता गर्न उक्त साइटमा जानुहोसः Daraz Seller Center

दराज विक्रेता अभियानका फाइदाहरू:

  • तपाईले लाखौं ग्राहकहरूसम्म पहुँच पाउनुहुन्छ।
  • कुनै लिस्टिंग शुल्क छैन र समान बिक्रि भएपछि मात्र सानो बजार शुल्क तिर्नुपर्छ ।
  • यसका साथै तपाईको अर्डरहरूको वितरण गर्नका लागि छिटो र भरपर्दो ढुवानी सेवा पाउनुहुन्छ।
  • थप, तपाईले सुरक्षित र समयमै पाइने भुक्तानको सुविधा पाउनुहुन्छ।
  • अन्तमा, तपाइले मद्दत का लागि अनुभवी दराज स्टाफ तथा विज्ञहरु पाउनुहुन्छ।

येति धेरै लाभ लिनका लागि किन पर्खदै हुनुहुन्छ?

आज दराज विक्रेता बन्न क्लिक गर्नुहोस् र दराजसँग बिक्री सुरु गर्नुहोस्!

Leave a Reply

Send this to a friend