Daraz Life

अटो पार्ट्स व्यवसायलाइ अनलाइन यसरी बढाउनुहोस्

अनलाइन व्यवसायहरू नै व्यापार को नयाँ भविष्य हुन्। हाल अफलाईनबाट अनलाइनमा जाने क्रम लकडाउनको कारण द्रुत भएको छ। विक्रेता र ग्राहक दुबै अनलाइन प्लेटफर्मको महत्त्व बुझ्नथालेका छन्रू। र यसै कारण उनीहरु अहिले अनलाइन जाने क्रम बढेको छ।

यदि तपाई स्पेयर पार्ट्स तथा अरु मोटर पार्ट्स को विक्रेता हुनुहुन्छ भने यस ब्लगमा भएका टिप्सहरुको सहयोगले तपाइले आफ्नो व्यवसायलाइ अनलाइन लागि खुब फाइदा पुन सक्नुहुन्छ।

ल हेरम अब यी टिप्स हरु के के हुन् त!

आफ्नो अनलाइन उपस्थिति स्थापना गर्नुहोस्

इन्टरनेटको यस युगमा, आफ्नो अनलाइन प्रेसेन्स या उपस्थिति बनाउन खुब जरुरि हुन्छ। किनभने आजका युवापुस्ताहरूलाइ आफ्नो व्यवसाय तिर तान्नु छ भने अनलाईन उपस्थिति हुनैपर्छ। यसले तपाईलाई नयाँ ग्राहकहरु आकर्षित गर्न खुब फाइदा हुन्छ। अनि एउटा जस्तो पनि वेबसाइट भएर मात्र हुन्न नि!
प्रयोगकर्तालाई हेर्न र चलाउन सजिलो हुने खालको र आकर्षक डिजाइन भएको हुन आवश्यक छ! किनभने तपाईको वेबसाइटको लेआउट र डिजाईनले ग्राहकलाई वेबसाइटमा लामो समयसम्म राख्न लागि प्रमुख भूमिका खेल्छ।

अनलाईन स्टोर को SEO सुधार्नुहोस्

कसैले “repair autoparts”, “buy spare parts in Nepal” भनेर गूगल मा खोज्यो रे अनि तपाइको पसल को लिंक सर्च रिसल्ट को पहिलो पेज मा आयो रे। अब सोच्नुहोस् यसरि कति धेरै ग्राहकहरु तपाइको पसल मा आउनेछन्। एस्तो हुन तपाइले आफ्नो साइट को सो सुधार गर्नु पर्ने हुन्। ग्राहक आकर्षित गर्न तपाईको स्टोरमा उत्कृष्ट उत्पादनहरू मार्फत मात्र भएर हुन्न।

कन्टेन्ट मार्केटिंग बाट पनि थुप्रै ग्राहक हरु आफ्नो पसल तिर आकर्षित गर्न सकिन्छ। कन्टेन्ट मार्केटिंग भनेको सम्भावित खरीददारहरूको चासो जगाउन तपाइको अनलाईन पसल सँग सम्बन्धित जानकारीमूलक ब्लग वा लेख लेखेर गरिने मार्केटिंग हो।

SEO कसरी सुधार्ने भनेर आर्को ब्लग लिएर छिट्टै आउनेछु ब्लग हेरिराख्नु होला !

सामाजिक संजालहरुमा पनि आफ्नो उपस्थिति हुनुपर्यो!

अब अहिले को जमानामा वेबसाइट मात्र भएर नि हुन्न, सामाजिक संजालहरुमा पनि आफ्नो उपस्थिति हुनुपर्यो! टक्क लाएर Facebook, Twitter, Instagram, Youtube जति पनि छन् यिनमा पनि आफ्नो पसल को लागि पेज बनाएर सबै तिर नाम फैलाउनुहोस्। अझै येस्ता सामाजिक संजालहरुमा पैसा तिरेर विज्ञापन पनि गर्न सकिन्छ, भनेको जस्तै ग्राहकलाई आकर्षित गर्न सकिन्छ अनि पोस्टहरु बनाएर टक्क टाइम मिलाएर छोड्न सकिन्छ।

समय तालिका बनाउनुहोस्

auto parts repair भनेको एस्तो व्यवसायहो जसमा ग्राहक हरु फर्की फर्की आउन पर्न सक्छ। त्यै भएर ग्राहकहरुको सामान ठिक गरेपछि एक चोटी फेरी टेस्ट गर्न बोलाउन पर्न सक्छ। त्यसैले फेरी आउन सक्ने ग्राहकको लागि समय मिलाउनुहोस्।

एक कान दुइ कान मैदान

एक कान दुइ कान मैदान त सुनेकै होला हैन? यो भनेको त विज्ञापनको एक उत्तम रूप हो। मानिसहरु आफुले चिनेको मान्छेहरुबाट पाएको सुझावहरुलाई बढी प्राथमिकता दिन्छन्। त्यहि भएर एसो ग्राहकहरुलाई आफ्नो पसल बारे अरुलाई सुझाव दिन प्रोत्साहित गर्नुहोस्।
उदाहरण को लागी – तपाईको ग्राहकको नाम र सम्पर्क जानकारी फारममा लिनुहोस्, र तिनीहरूलाई भन्नुस कि यदि कुनै ग्राहक आउँछ र उनीहरूको नाम उल्लेख गर्दछ भने, तिनीहरूलाई छूट वा अरु कुनै सुविधा निशुल्क दिनुहुनेछ। यसरी धेरै ग्राहक हरु तपाईको पसल मा आउनेछन।

फेरी एक कान दुइ कान मैदान!

एक कान दुइ कान मैदान त भनियो तर कस्तो खालको कुरो लाई सबै तिर फैलाउन चाहनुहुन्छ? तपाइको पसल एकदम दामी छ भनेर फैलाउनु परेन? त्यसको लागि ग्राहकहरुलाई सेवा लिइसके पछि तपाइको पसल र तपाइले दिने सुविधा बारे रिव्यु दिन भन्नुहोला। राम्रो रिव्यु देखेर धेरै ग्राहक आउने कुरो त पक्का नै छ।

अब, एउटा चीज छ जुन यी सबैलाई धेरै सजिलो र सरल बनाउँदछ।

दराज विक्रेता अभियान

दराज विक्रेता अभियानले तपाईलाई नेपालको सबै भन्दा ठूलो अनलाईन बजार दराज को बिक्रेता बन्ने अवसर प्रदान गर्दछ साथै यसको दर्ता प्रक्रिया धेरै सरल र छिटो छ।

दराजमा आफ्नो व्यवसाय दर्ता गर्न को लागि यहाँहरु को व्यवसाय PAN या VAT  मा दर्ता भएको हुनुपर्ने छ । साथै यहाँहरुको बैंक खाता रहेको हुनुपर्नेछ । दर्ता गर्न कुनै शूल्क लाग्दैन, यो सत्प्रतिशत निःशूल्क प्रक्रिया हो ।

विक्रेताका रुपमा दर्ता गर्न उक्त साइटमा जानुहोसः Daraz Seller Center

दराज विक्रेता अभियानका फाइदाहरू:

  • तपाईले लाखौं ग्राहकहरूसम्म पहुँच पाउनुहुन्छ।
  • कुनै लिस्टिंग शुल्क छैन र समान बिक्रि भएपछि मात्र सानो बजार शुल्क तिर्नुपर्छ ।
  • यसका साथै तपाईको अर्डरहरूको वितरण गर्नका लागि छिटो र भरपर्दो ढुवानी सेवा पाउनुहुन्छ।
  • थप, तपाईले सुरक्षित र समयमै पाइने भुक्तानको सुविधा पाउनुहुन्छ।
  • अन्तमा, तपाइले मद्दत का लागि अनुभवी दराज स्टाफ तथा विज्ञहरु पाउनुहुन्छ।

येति धेरै लाभ लिनका लागि किन पर्खदै हुनुहुन्छ?

आज दराज विक्रेता बन्न क्लिक गर्नुहोस् र दराजसँग बिक्री सुरु गर्नुहोस्!

Leave a Reply

Send this to a friend