Daraz Life

नवजात शिशुका लागि खरीद गरिने आवश्यक बेबी प्रोडक्ट्हरु

आमा बन्नु को खुशी र आनन्द जम्मा ति महिलाले जान्दछन् जसले 9 महीना को एक लामो समय पार गर्दै एकदमै धेरै शारीरिक र मानसिक परिवर्तनहरु पछि आफ्नो बच्चालाई जन्म दिईन। तर हामी धेरैजसो आमा बन्नु कति चुनौतिपुर्वक हुनसक्छ भन्ने कुरा नै बुझ्दैनौँ। साथै आफ्नो नवजात शिशुको राम्रो सँग हेरचाह कसरी गर्नुपर्छ भन्ने कुरा जान्न धेरै नयाँ आमाहरुलाई समस्या पर्नसक्छ। त्यसैले आफ्नो समस्यालाई पर गर्न यो लेख पुरा पढ्नुहोला।

Table of Contents

बेबी प्रोडक्ट्हरु छान्ने बेला 5 चिजहरुको अवश्य ध्यान राख्नुहोस:

बच्चा जन्मिए पछि बच्चा को हेरचार गर्न काम आउछन् बेबी केयर प्रोडक्ट्हरु | बेबी प्रोडक्ट्हरु छान्ने बेला यो 5 चिजहरुको अवश्य ध्यान राख्नुहोस:

उत्पादनहरू चिकित्सकीय रूपमा प्रमाणित छन् (clinically proven) र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरू पूरा गर्छन्

कुनै प्रोडक्ट किन्नु अघि येति ध्यान राख्नु कि क्लिनिकली प्रमाणित र क्लिनिकल परीक्षण गरिएकोमा भिन्नता रहेको हुन्छ। बजारमा प्राय जसो बेबी प्रोडक्ट्हरु क्लिनिकली टेस्ट मात्र गरिएको हुन्छ तर क्लिनिकली प्रमाणित को अर्थ उत्पादनहरूले क्लिनिकल परीक्षणहरू पूरा गरेका छन्।

उत्पादनहरू बच्चाहरुमाथि पहिलो दिनदेखि नै प्रयोग गर्नको लागि सुरक्षित र कोमल हुनुपर्छ:

नवजात शिशुको कोमल छाला बिस्तारै बलियो हुँदै जान्छ। त्यसैले तपाईले लिनु भएका उत्पादनहरू बच्चाको पहिलो दिनदेखिनै प्रयोग गर्न सकिन्छ कि सकिन्न भनेर ध्यान राख्नुहोस। यो जानकारी उत्पादनहरुमा उपलब्ध हुन्छ।

छाला वा आँखामा कुनै प्रकारको जलन हुनु हुँदैन:

तपाई जे पनि उत्पादन खरिद गर्नुहुन्छ, ति बच्चाहरूको आँखाका लागि कोमल र कुनै प्रकारको जलन पैदा नगर्ने खालको हुनुपर्छ। बच्चाहरूको छालाको साथ, तिनीहरूको आँखालाई पनि विशेष हेरचाह आवश्यक पर्दछ।

उत्पादहरूमा केवल आवश्यक तत्वहरू हुनुपर्दछ र प्रत्येक तत्व परीक्षण द्वारा प्रमाणित हुनुपर्छ।

बेबी केयर प्रोडक्टहरुमा केवल आवश्यक तत्वहरू हुनुपर्दछ, जसले गर्दा तपाइँका बच्चाहरूमा कुनै पनि नकारात्मक असरको सम्भावना कम हुन्छ। प्रत्येक तत्वहरू कडा र कठोर परीक्षण द्वारा प्रमाणित हुनुपर्दछ।

बेबी केयर उत्पादनहरुमा हुने सुगन्ध एकदम सुरक्षित र प्रमाणित हुनुपर्छ:

बेबी केयर उत्पादनहरूमा हुने सुगन्ध भनेको बच्चाको मुड राम्रो राख्न र बच्चाको स्वस्थ विकासमा मद्दत गर्दछ। तर यो सुगन्ध प्रयोगको लागि उपयुक्त छ कि छैन भनेर ध्यानमा राख्नु पनि महत्त्वपूर्ण छ। केही बच्चाहरूलाई केही खास सुगन्धित तत्त्वहरूबाट पनि एलर्जी हुन्छ, त्यसैले यस अवस्थामा लापरवाही नगर्नुहोस्। उत्पादनमा प्रयोग गरिएको सामग्री International Fragrance Association द्वारा प्रमाणित हुनुपर्दछ।

अब यो कुरो क्लियर भएपछि तपाइको बच्चाको हेरचाह मा काम आउने प्रोडक्ट हरु हेरौँ है त:

बच्चा घुमाउन/ बोक्न प्रोडक्टहरु

आरामदायक स्ट्रोलर

ताजा हावा बच्चाका लागि धेरै महत्त्वपूर्ण छ, यसको लागि तपाई बच्चालाई स्ट्रोलरमा राखेर बाहिर घुमाउन सक्नुहुन्छ। जब तपाई बच्चाको लागि राम्रो स्ट्रोलर किन्नु हुन्छ, त्यसको गुणस्तरमा विशेष ध्यान दिनुहोस्, ताकि तपाईको बच्चा कडा घामबाट बच्न सकोस र कुनै प्रकारको दुर्घटनाको खतरा पनि नहोस। साथै स्ट्रोलर मा प्रयोग गरिएको सामग्री घाम ले नतात्ने खालको हुनुपर्छ।

See More Baby Strollers Here

बेबी क्यारियर

Click on the picture to see the product

बच्चालाई घुमाउने बेला या कतै लिएर जाँदा यो क्यारियर एकदमै काम आउछ। सजिलै सँग बच्चालाई फिट हुने र तपाइलाई पनि बोक्न सजिलो बनाइदिने भएकाले एकदम किफायती चिज हो यो। क्यारियर खरिद गर्दा यो जस्तै दुवैतिर बोक्न मिल्ने, साइज अनुसार मिलाउन मिल्ने र आरामदायक क्यारियर रोज्नुहोला।

बेबी हेड प्रोटेक्टर

हेड प्रोटेक्टरले बच्चाहरूमा चोटको जोखिम कम गर्दछ। हल्का तौल र सजिलै सँग फिट हुने यस सेफ्टी हेलमेटले बच्चाहरूका लागि क्रलिंग, हिड्न सिक्ने र खेल्ने क्रममा सबै भन्दा राम्रो सुरक्षा प्रदान गर्दछ। तपाईको बढ्दो बच्चालाई यो हेड प्रोटेक्टरको साथ सुरक्षित रहन दिनुहोस्।

बेबी स्किनकेयर प्रोडक्ट्हरु

बेबी ओयल

तेलले बच्चाको मालिश गर्ने कार्य पुस्तौँ देखि गर्दै आइएको छ। बच्चाको मालिश गर्नु धेरै महत्त्वपूर्ण छ किनकि यसले उनीहरूको संवेदनशील छालालाई मस्चराइज गर्न मद्दत गर्दछ। यसले बच्चाको शारीरिक विकासमा पनि सुधार गर्दछ।

बेबी वाइप

बेबी वाइप विशेष गरी तपाईको बच्चाको नरम र कोमल छालालाई सफा राख्न मद्दत गर्दछ। डायपर परिवर्तन गर्दा, वा गर्मी महिनाहरूमा जब तपाइँको बच्चाको छाला हाइड्रेट राख्न आवश्यक पर्दछ तपाईलाई यी वाइपहरू चाहिन्छ। तपाईले बच्चाको लागि नरम र कडा गन्ध नभएको वाइप प्रयोग गर्नुपर्दछ, यो तपाईको बच्चाको लागि राम्रो हुनेछ।

नरम डायपर

तपाईको बच्चाले अहिल्यै सबैभन्दा बढी गर्ने कुराहरु यस प्रकार छन् – खाने, सुत्ने र पोटी गर्ने। तसर्थ, तपाइँको बच्चाको राम्रो स्वास्थ्यको लागि राम्रो गुणस्तरको डायपर प्रयोग गर्नु धेरै महत्त्वपूर्ण छ किनभने खराब डायपर प्रयोग गर्नाले ओसिलोपन, डाइपर रेश र अन्य समस्याहरू निम्त्याउन सक्छ। बच्चाको लागि डायपर खरिद गर्दा राम्रो सँग स्वस्न सक्ने, नरम र बच्चाको फिटिंग अनुसारको नै रोज्नुहोला जस्तो कि तल दिएको मस्लिन कपडा बाट बनेको नरम डायपर।

आरामदायक र राम्रो सामग्रीले बनेको राम्रो क्वालिटी को कपडा

प्रत्येक अभिभावकले आफ्ना बच्चाहरूलाई सँधै आरामदायी महसुस गरुन भन्ने चहान्छन्, घरमा होस् वा बाहिर। त्यसैले तपाईको बच्चाको लागी आरामदायक र राम्रो सामग्रीले बनेको राम्रो क्वालिटी को कपडा किन्नुहोस् ताकि तपाईको बच्चा शान्त र खुशी रहोस – तर धेरै महँगो सामान किन्नुपर्छ भन्ने जरुरि छैन किनकि तपाईको बच्चा छिटो हुर्कन्छ। सस्तो मा राम्रो कपडाको लागि दराज को महाबचत बजारमा सहभागी हुनुहोला!

स्वाडल क्लथ

तपाईको बच्चालाई आरामदायक महसुस गराउन, नरम स्वाड्लिङ्ग कपडा प्रयोग गर्नुहोस् जुन बच्चाको छालामा हल्का हुन्छ र हप्प महसुस हुन दिँदैन। तपाई रुमाल जस्तो तर त्यसभन्दा दुई गुणा ठूलो बबी राप वा स्वाडल क्लथ किन्न सक्नुहुन्छ, ताकि तपाई शिशुलाई नुहाइसके पछि यसलाई प्रयोग गरि बच्चालाई चिसो लाग्न बाट जोगाउन सक्नुहुन्छ।

बेबी बिब

यो बेबी बिब बच्चालाई खुलाउने बेला मा सफा राख्न एकदमै काम आउछ। कपडाको कोमलता र क्वालिटी मा खुब ध्यान दिनुहोल। यो बेबी बिब हरेक बच्चाको शरीरमा मज्जाले फिट होस् भनि डिजाइन गरीएको छ र उच्च गुणस्तरको सामग्रीले बनेको छ।

बेबी मोजा

बच्चा हरुलाई नरम, र न्यानो मोजा को पनि एकदम जरुरत हुनेगर्छ त्यसैले मोजा लिन नभुल्नुहोला!

बेबी डेण्टल केयर प्रोडक्ट्हरु

यो प्रोडक्ट्हरु तपाईको बच्चालाई कलिलो उमेरदेखि नै दाँत सफा राख्ने बानी बसाल्न सहयोग गर्दछ। साथै कलिला गिजा मसाज गर्न नि सहयोग गर्दछ।

बेबी टूथ्ब्रश

बेबी बनाना टिथिंग र मसाज ब्रुश

अन्य प्रोडक्टहरु

बेबी पिलो

यो बेबी तकिया विशेष गरी तपाईको बच्चालाई सुत्ने बेला टाउको र घाँटीमा सपोर्ट दिन डिजाइन गरिएको हो। यसले बच्चालाई आराम दिनु को साथै यसले पसिना पनि मज्जाले सोस्ने भएकोले बच्चालाई सुख्खा राख्न पनि सहयोग गर्दछ।

यो थियो बच्चाहरूको लागि किन्नु पर्ने आवश्यक वस्तुहरूको सूची, जुन प्रत्येक नयाँ अभिभावकले थाहा पाउनुपर्दछ। अब यी बेबी केयर प्रोडक्टहरु दराज बाट खरीद गर्दा तपाई तनावमुक्त हुनुहुनेछ भन्ने हाम्रो आशा रहेको छ।

Leave a Reply

Send this to a friend