Daraz Life

दराज दशैं धमाकाः छुटै छुटको वर्षा

खुल्ला आकाशमा उडेका रंगबिरंगी चङ्गा,
बगैँचामा सयपत्री र मखमलीका कोपिला,
हवामा विभिन्न व्यञ्जनका बास्ना,
अनि मानिसको शरिरमा सझिएका नयाँ लुगा
।।

दशैंको एक महिना अगाडि देखि दशैंको भावना शहरको हावामा देखिन थालेको छ । यो दशैंको रौनकमा उमङ्ग थप्न दराज प्रस्तुत गर्दछ दराज दशैं धमाका । ७०% सम्म छुट, रु. ७,००० सम्मको भाउचर, र कार्ड मार्फत अग्रिम भुक्तानीमा रु १ लाखको सपिङ्ग भाउचरहरु जित्ने मौका जस्ता थुप्रै फाइदाहरु सहित दराज दशैं धमाका यहि असोज १७ गते देखि लागू हुँदैछ । यो योजनामा विभिन्न आवश्यक सामानहरु किन्न सकिन्छ जस्तै किराना, लत्ताकपडा, इलेक्ट्रोनिक्सका साथै अरु थुप्रै घरायसी सामानहरु ।

दराज दशैं धमाका किन ?

दशैं एक पर्व मात्र नभएर परिवार तथा साथीभाईहरुको सम्बन्धलाई थप सुदृढ गर्ने समय हो । नेपालीहरुको महान पर्व बडा दशैं त्यसमाथी वर्षकै लामो बिदा यो समय तपाईंहरुको ध्यान परिवार र पर्वमा केन्द्रित गर्न दराजले ल्याएको छ दशैं धमाका । जहाँ तपाईंले सहज किनमेल प्रक्रियाका साथै विभिन्न सामानहरुमा भारी छुट प्राप्त गर्न सक्नुहुन्छ ।

दशैं धमाकाको लाभ कसरी लिने ?

दराजको दशैं धमाका यहि असोज १७ गतेबाट लागूहुँदैछ । यो योजनामा सहभागी हुनको लागि तपाईंले दराजबाट सामानहरु अर्डर गर्नुपर्ने हुन्छ जहाँ तपाईंले विभिन्न सामानको मूल्यमा भारी छुट पाउन सक्नुहुन्छ । यसरी तपाईंले सामानहरु छनोट गरेर कार्टमा राखेपछि सामान खरिदको अन्तिम चरणमा बैकं कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा थप छुट प्राप्त गर्न सक्नुहुन्छ ।

मेगा डिल्स्

यस दशैंमा दराजले आपm्ना प्रयोगकर्ताहरुलाई विभिन्न प्रोडक्टहरूमा ७०% सम्म छुट सहित मेगा डिलहरू ल्याएकोको छ । दशैंको लागि नयाँ डिजाइनका लुगा देखि इलेक्ट्रोनिक्स सम्म दराजमा विभिन्न विधाका सामानहरु उपलब्ध छ ।

मेगा भाउचर

सुप्रसिद्ध संस्कृत श्लोक ‘लोकाः समस्ताः सुखिनोः भवन्तु ।’ लाई अवलम्बन गर्दै दराजले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरुलाई खुशी बनाउने उद्धेश्यले दराज दशैं धमाकामा विभिन्न भाउचरको सुविधा राखेको छ । जुन प्रयोग गरेर प्रयोगकर्ताहरुले ७,००० सम्मको सामान खरिद गर्न सक्नुहुन्छ ।

अग्रिम भुक्तानीमा विशेष छुट

दराज दशैं धमाका अन्तर्गत दराजका प्रयोगकर्ताहरुले आफ्नो बैकंको कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्दा विशेष छुटको फाइदा लिन सक्नुहुन्छ । यो योजनामा डेबिट कार्डको प्रयोगबाट अग्रिम भुक्तानीमा १५ प्रतिशत (रु १,५०० सम्म) र क्रेडिट कार्डको प्रयोगमा २० प्रतिशत (रु २,००० सम्म)को छुट पाउन सक्नुहुन्छ । यसको मतलब ग्राहक महानुभावहरुले न्यूनतम मूल्यमा पनि थप छुट प्राप्त गर्ने व्यवस्था यस योजनामा समावेश छ । यद्यपि अग्रिम भुक्तानीमा छुट प्राप्त गर्न तपाईंले निम्न बैकंको कार्ड प्रयोग गर्न पर्ने हुन्छः


१. नबिल बैंक
२. सानिमा बैंक
३. हिमालयन बैंक
४. एभरेष्ट बैंक
५. नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
६. सिटिजन्स बैंक
७. नेपाल बैंक
८. नेपाल एसबिआई बैंक
९. ज्योति विकास बैंक
१०. कृषि विकास बैंक
११. माछापुच्छ्रे बैंक
१२. एनएमबि बैंक
१३. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

आम्मै! एक लाखको सपिङ्ग झयामै ।

यी सबै छुट र भाउचरहरूले तपाईंहरुलाई किनमेल गर्न उत्साहित बनाएको हुन पर्छ तर यो दशैंमा उमङ्ग थप्न दराजले कम्तिमा रु. ३,५००को अर्डरमा अग्रिम भुक्तानी गर्ने ग्राहकको लागि १ लाखको सपिङ्ग भाउचरहरू जित्ने मौका प्रदान गर्दैछ । हो, तपाईंले सही पढ्नुभयो – एक लाख! अब औंला भाच्दै दिन गन्नुहोस् दशैं धमाका यहि असोज १७ देखि लागूहुँदैछ ।

नवदुर्गा भवानीले रक्षा गरुन ।
विजया दशमीको हार्दिक मंगलमय शुभकामना

Send this to a friend