Daraz Life

घरमै बसेर ब्लूबुक नविकरण गरौं  

सरकारी काम कहिले जाला घाम, यो प्रसिद्ध नेपाली उखान अहिलेपनि निकै सान्दर्भिक छ । आधुनिक जीवनको व्यस्ततामा सरकारीकामको लागि समय निकाल्न हामी सबैलाई एकदमै गाह्रो छ । तर अब प्रविधिको प्रयोगबाट हामीले घरमै बसेर ब्लूबुक नविकरण गर्न सक्छौं । दराजको डिजिटल सर्भिस अन्तर्गतको एक सेवा हो, ब्लूबुक नविकरण। जहाँ तपाईंको बाइक, कार जस्ता कुनैपनि निजी सवारी साधनको ब्लूबुक नविकरण गर्न हाम्रा प्रतिनिधिहरु तपाईंको घरमै आएर सेवा प्रवाह गर्नुहुनेछ । 

कसरी गर्ने दरजबाट ब्लूबुक नविकरण ?

पहिलोः  तपाईंले सिधैं सर्चमा गएर ब्लूबुक रिनुवल (Bluebook Renewal) भनेर खोज्न सक्नुहुन्छ । अथवा दराज एप वा वेबसाइट खोलेर होम एण्ड लाईफस्टाइलमा क्लिक गरेर डिजिटल गुडस्मा गई सर्भिस प्याकेजमा क्लिक गर्न सक्नुहुन्छ । । 

कसरी हुँन्छ ब्लूबुक नविकरण ?

तपाईंले एप मार्फत नविकरण अर्डर गरेपछि तपाईंको फेनमा कन्फर्मेसन कल वा मेसेज आउँछ । अर्काे दिन हाम्रा सेवा प्रदायक तपाईंको स्थानमा आएर ब्लूबुक लिनुहुन्छ र त्यसको तिन दिन भित्र तपाईंको ब्लूबुक नविकरण गरेर तपाईलाई हस्तान्तरण गरिन्छ ।  

भुक्तानी कसरी गर्ने ?

ब्लूबुक नविकरणको भुक्तानी गर्ने दुई तरिका छन् । एक, तपाईंले हाम्रा सेवा प्रदायकहरु ब्लूबुक लिन आउँदा उँहाहरुलाई पैसा तिर्न सक्नुहुन्छ । दुई, सेवा प्रदायकलाई क्यूआर कोड मार्फत भुत्तानी गर्न सक्नुहुन्छ । 

कुन कुन जिल्लाको ब्लूबुक दराजबाट नविकरण गर्न सकिन्छ ?  

हाल दराजमा काठमाडौं, भक्तपुर, ललितपुर र कास्की जिल्लाका सवारी साधनहरुका ब्लूबुक नविकरण गर्न सकिन्छ । 

दराजबाट कस्तो सवारी साधनहरुको ब्लूबुक नविकरण गर्न सकिन्छ ? 

दराजमा माथि उल्लेख गरिएका जिल्लाहरुका सम्पूर्ण निजी सवारी साधनहरुको ब्लूबुक नविकरण गर्न सकिन्छ । जस्तै कार, बाईक, स्कुटर, जिप, आदि । 

अब घरै बसी बसी ब्लूबुक नविकरण गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ः 

Leave a Reply

Send this to a friend