Daraz Life

दराजको ‘विक्रेता सम्मेलन’ सम्पन्न

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड, दराजले बुधबार ‘विक्रेता सम्मेलन’को आयोजना गरेको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा विक्रेताहरु सहभागी भएका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनी संग आवद्ध विक्रेताहरुलाई उत्कृष्ट अनुभव  प्रदान गर्ने प्रतिवद्धता जनाईन् ।  “विक्रेताहरु दराजका मेरुदण्ड हुन् । दराजको रोमाञ्चक यात्रामा अटल सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण विक्रेताहरुमा आभार प्रकट गर्न चाहन्छु । दराज अहिले जहाँ छ, यो स्थानमा पुग्नमा तपाईंहरुको ठुलो हात छ र तपाईंहरु बिना यो सम्भव हुँदैन थियो ।” 

हालै सम्पन्न ११.११ सेलको सफल्ताको चर्चा गर्दै उनले थपिन्, “चाडपर्वाको समयमा पर्ने हाम्रो ११.११ सेलमा तपाईहरुको दिनुभएको साथको कारणले गर्दा हामी हरेक वर्ष अपेक्षा गरे भन्दा धेरै राम्रो गर्न सफल हुँन्छौं र यो भविष्यमा पनि कायम हुँनेछ । यसका साथै हामी विक्रेता तथा खरिदकर्ता सबैलाई उत्कृष्ट अनुभव प्रदान गर्दै लजिस्टिक सेवा विस्तर गरेर विश्वस्तरीय सेवा प्रवाह गर्ने छौं ।”

कार्यक्रममा विभिन्न श्रव्य दृश्य सामाग्रीहरु प्रस्तुत गरेर विक्रेताहरुलाई बिक्री र व्यवस्थापनको बारेमा जानकारी पनि प्रदान गरिएको थियो । विक्रेताहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा  अवार्ड समारोह राखिएको थियो।  जहाँ गत वर्षका १४ उत्कृष्ट विक्रेताहरुलाई विशेष विधाका ट्रफी, १० हजार रूपैयाँ बराबरको दराज भाउचरका साथै आकर्षक उपहारहरु प्रदान गरिएको थियो। 

दराजका परिचालन अधिकृत, विमल अर्यालले कार्यत्रममा ई-कमर्सको महत्वको बारेमा चर्चा गरे। उनले उपस्थित सहभागीहरुलाई दराजले डेलिभरी गर्ने स्थानहरु, पूर्वाधार, डेलिभरी क्षमता र गुणस्तरको बारेमा विस्तृत जानकारी प्रदान गरेका थिए । 

सम्मेलनमा बोल्दै दराजका व्यवसाय निर्देशक प्रबिन रुक्शानले दराजले नेपालका साना तथा मझौला उद्योगहरुको विकाशमा गरेको योगदानको बारेमा चर्चा गरे । 

त्यसैगरी कार्यक्रमका उद्घोषक श्रिजल रुपाखेतीले कार्यक्रममा आएका सबै प्रमुख अतिथि, वक्ता, विक्रेता र साझेदारहरूलाई आयोजकको तर्फबाट आभार व्यक्त गरेका थिए। दराजले आफ्ना विक्रेता र ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्न जारी राख्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै कार्यक्रम समापन गरिएको थियो ।

दराजविक्रेता सम्मेलनअवार्डका विजेताहरुको सूची यस प्रकार छः 

दराजको बारेमा 

सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एशियाकै अग्रणी ई कमर्स प्लेटफर्म हो । हाल दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरी ५ देशहरुमा उपलब्ध छ । ५० करोड जनसंख्या भएको क्षेत्रमा विश्वस्तरीय प्रविधि द्वारा ६५०,०० भन्दा धेरै विक्रेताहरुलाई जोड्दै दराजले फेसन, खेलकुद, सौन्दर्य, देखि घरायसी सामान सम्मका उत्पादनहरु बिक्री गर्दै आएको छ ।  साथै, दराज एक्सप्रेस र दराज पे मार्फत, दराजले बजारमा सबैभन्दा प्रभावकारी र डिजिटलाइज्ड लजिस्टिक र भुक्तानी पूर्वाधार सञ्चालन गर्दछ। 

दराजको भिजन भनेको २०३० सम्ममा ५ करोड उपभोक्ता र व्यवसायहरुलाई सेवा प्रदान गर्दै दक्षिण एसियाको च्याम्पियन बन्ने हो ।

विस्तृत जानकारीका लागि दराजको आधिकारिक वेबसाइट भ्रमण गर्नुहोला । लिङ्कः www.daraz.com.np  

Leave a Reply

Send this to a friend