चामलको खीर को रेसिपी:
लाग्ने समय: ६० मिनट
कठिनाई: सजिलो
खीर को नाम सुन्ने बित्तिकै मुखमा पानी आउछ, प्राय:जसो नेपाल मा चाडपर्व को मौका पारि खीर बनाईन्छ। तपाई पनि चामलको खीर को यो रेसिपी हेरेर घरमा खीर बनाएर ट्राई गर्न सक्नु हुन्छ।
कसरी सर्व गर्ने:
यो तातो सर्व गरिन्छ तर चिसो बनाएर पनि सर्व गर्न सकिन्छ। खीर चिसो बनाएर खादा झन् स्वादिलो हुन्छ ।
Get ingredients for your Kheer from Big Mart at Daraz before they run out. Click Here!!!!
चाहिने सामग्री:
- २ लिटर दूध
- २०० ग्राम ताइचिन चामल
- १/२ कप चीनी (४ ठूलो चम्चा )
- १०-१५ किशमिश
- ४ हरीयो इलायची
- १०-१२ बदाम , टुक्रा टुक्रा पार्ने
- ५-१० काजु
- १ ठूलो चम्चा घ्यु
Key Ingredients: Rice, Sugar, Milk, Ghee, Raisins, Almond.
बनाउने विधि:
- पहिले चामल राम्रो सँग पखाली २० मिनट जति भिजाउनुहोला ।
- अब कराईमा दूध उमालनुहोस्।
- अब आगो सानो पारेर चामल हाल्नुहोस्।
- चामललाइ सानो आगोमा ४०-४५ मिनट पाक्न दिनुहोला, बेला बेला मा डाडूले चलाइराख्नु ।
- अब इलायची, चीनी र किशमिश हाल्नुहोला।
- यसलाई चीनी पुरै नघुले सम्म लगातार चलाइराख्नुहोला।
- अब घ्यु हाल्नुहोला अनि आगो बन्द गर्दिनुहोला ।
- सजाउन को लागि बदाम र काजु हाल्नुहोला।
- चिसो बनाइँ या तातो खीर सर्व गर्नुहोला।
कस्तो भयो त खीर? कमेन्टमा भन्नुहोला है!