Read in English: What is Daraz Mall ?
दराजमल भनेको, नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य दराजको, यस्तो अन्लाईन शपिङ मल हो जहाँ तपाइले ठूला अन्तर्रािष्ट्रय तथा राष्ट्रिय ब्रान्ड का १००% सक्कली उत्पादनहरु एकै छत मूनी पाउनुहुन्छ । दराजले दराजमल मार्फत उपभोक्ताहरुलाई उत्कृष्ट शपिङ अनुभव गरौउन २ चिजको ज्ञारेन्टी गरौउँदछ ।
- १००% सक्कली सामानहरु
- १४ दिने सजिलो फिर्ता अवधि
दराजमल दराजको वेबसाईट तथा एप् को होमपेज मा सजिलै पाउन सक्नुहुनेछ । दराजमललाई निलो “डी एम” चिन्ह ले जनाएको हुन्छ ।
यहाँ पाइने ब्रान्डहरु यस प्रकार छन् :
सियाउमी, सोनी, मेबलिन, क्यानन, क्यालिबर, क्लोभिया, भ्यान्स्, मन्त्र, गिटार शप, रीम्याक्स, एसस्, कन्वर्स्, गोल्ड्स्टार, स्यामसङ्, लीभाइस, वलपूल, भिडियोकन, मिनिसो, युवास, टाइटन, टिभीएस मोटरस्, लोरेअल, र अन्य धेरै ।
यहाँ फोन, इलेक्ट्रोनिक्स्, कपडा, घर का सामान, बाजा, मोटरसाईकल, ब्यूटी केयर का साथै अन्य धेरै सामानहरु पाइन्छ ।
यहाँ पाइने सामानहरुलाई तपाईले सजिलै सँग दराजमल फ्ल्याग्शिप अथवा सर्टिफाइड् स्टोर ब्याज बाट चिन्नसक्नुहुनेछ।
उपभोक्ताहरुले दराजमल यसरी खोज्न सक्नुहुनेछन् ।
दराजका सह प्रबन्ध निर्देशक जय कवी भन्छन् “दराजमल मार्फत हामी हाम्रा उपभोक्ता हरुलाई उत्कृष्ट अन्लाईन शपिङ को अनुभव का साथै विश्वसनीयता पनि दिलाउन चाहन्छौं। इ–कमर्शले नेपालमा लोकप्रियता कमाउँदै छ तर अहिले पनि विश्वसनीयताको कमीले उपभोक्ताहरु बजारमै गइ शपिङ गर्न रुचाउछन् । विश्वसनीयता र भरोसा बढाउन दराज ले बिक्रेताहरुको प्रदर्शन हेरी यसमा सबै भन्दा उत्कृस्त बिक्रेता हरु मात्र समावेश गराउदछ ।”
साथै, यहाँ नेपाली ब्रान्डहरुलाई पनि आफ्नो पहुँच बढाउन धेरै मद्दत गर्दछ । दराजमलले कहिले अन्लाईन शपिङ नगरेकालाई पनि अन्लाईन शपिङ गर्न प्रोत्साहन गर्दछ ।