बुबाको मुख हेर्ने दिन भनेर चिनिने कुशे औँसी नेपालमा हर्षोउल्लास संग मनाउने गरिन्छ । आफ्नो जन्मदाता बुबालाई विभिन्न प्रकारका मिठाई, तथा उपहारले सम्मान प्रकट गर्दै मनाइने यस उत्सवमा भिडभाडले गर्दा सहर बजार गइनसक्नु हुन्छ । त्यसमाथि आफ्नो बुबालाई केहि नयाँ र नौलो दिने रहर कसलाई हुदैन र ? त्यसैले दराजले ल्याएको छ कुशे औँसी विशेष केहि सामानहरु जुन तपाईंले आफ्नो जन्मदातालाई उपहार स्वरुप दिन सक्नुहुन्छ ।
बुबाको मुख हेर्ने दिनको लागि सामान दराजमा किन्नुहोस्
१. ट्रिमरः
हामी मध्ये धेरैका बुबाहरु आज सम्म पनि पुरानो रेजर प्रयोग गर्नुहुन्छ जसले छाला काट्ने देखि विभिन्न प्रकारका चर्म सम्बन्धित समस्याहरु देखिन सक्छ । त्यसैले यो कुशे औँसीमा आफ्नो बुबालाई चार्ज गर्न मिल्ने ट्रिमर उपहार दिनु उपयुक्त हुन्छ। यस्ता ट्रिमरहरु एक पटक चार्ज गरेपछि धेरै पटक सेवा लिन सकिन्छ । साथै छालाको सुरक्षाको दृष्टिकोणले पनि ट्रिमरलाई रेजरको तुलनामा उत्कृष्ट मानिन्छ ।
![](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/trimmer-3.jpg)
![](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/trimmer-2-1080x1080.jpg)
![](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/trimmer-phil-1080x1080.jpg)
हाल दराजमा फिलिप्स, जेमाइ, भिजिआर, बाल्ट्रा जस्ता ब्राण्डका ट्रिमरहरु उपलब्ध छन् ।
२. घडीः
“समय र अवसरहरु कसैको प्रतिक्षा गर्दैनन्।” यो प्रसिद्ध भनाइको हाम्रो जीवनमा ठूलो प्रभाव देख्न सकिन्छ । निर्धारित समयमा तोकिएको काम गर्न नसक्दा हामीले जीवनमा धेरै अवसरहरु गुमाइरहेका हुन्छौं । त्यसैले समयको महत्वको सम्मान गर्दै आफ्नो बुबा प्रति आभार प्रकट गर्ने उत्कृष्ट उपाय हुनसक्छ घडी ।
![](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/watch-1-1080x1080.jpg)
![](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/watch-3-1080x1080.jpg)
![](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/watch-2.jpg)
दराजमा अहिले सोनाटा, टाइटन जस्ता ब्राण्डका उपलब्ध छन् ।
३. लिन्ट रिमुभरः
शिशिर ऋतुको उराठलाग्ने जाडोमा आफ्नो शरिरलाई न्यानो बनाउन हामीहरु प्रायजस्तो बाक्लो ऊनीका लुगा लगाउँछौं । यसरी लगाइने ऊनीका लुगाहरुमा न्यानोपन त प्रदान गर्छ तर संग संगै भुवा आएर हैरान हुन्छ । त्यसैले जाडो याममा न्यानोपन संगै राम्रो देखिन लिन्ट रिमुभर प्रयोग गरी भुवा हटाउन सकिन्छ । यो कुशे औँसी आफ्नो बुबालाई लिन्ट रिमुभर उपहार दिनुहोस् ।
![बुबाको मुख हेर्ने दिन](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/lint-1080x1080.jpg)
दराजमा विभिन्न ब्राण्डका लिन्ट रिमुभरहरु उपलब्ध छन् ।
४. फोटो फ्रेमः
तपाईको स्मरणमा भएको बुबा संगको एकदमै रमाईलो पल कुन हो ? के तपाईंको घर परिवारमा भएका ठुला समारोहको तस्विर अहिले पनि सन्दुक वा दराजमा छन् ? पक्कै पनि तपाईंको घरमा यस्ता धेरै तस्विरहरु छन् जस्मा तपाईं र तपाईंको परिवारको स्मरणहरु जोडिएका छन् । तपाईंले यी तस्विरहरुलाई संकलन गरेर फोटो फ्रेममा राखेर आफ्नो घरको भित्तामा टास्दा कस्तो होला ? पक्कै पनि पुराना यादहरु ताजा हुन्छन् र सम्बन्ध सुदृड हुन्छन् ।
![बुबाको मुख हेर्ने दिन](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/frame-1080x1080.jpg)
त्यसैले यो कुशे औँसी तपाईंले आफ्नो बुबालाई यसरी फोटो फ्रेम उपहार दिएर सम्बन्ध र उत्सव दुबै रङ्गिन बनाउन सक्नुहुन्छ ।
५. मिठाईः
नेपाली चाड र मिठाई भनेको पर्यायवाची शब्द जस्तै हुन् । बिना मिठाई सम्पन्न हुने शायद नै कुनै चाड होला । मुखै रसाउने गुलिया मिठाईले आफ्नो जन्मदातालाई प्रसन्न पार्न आजै दराज एप डाउनलोड गर्नुहोस् ।
![](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/2-1080x1080.jpg)
![](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/3-1080x1080.jpg)
![](https://blog.daraz.com.np/wp-content/uploads/2023/09/1-1080x1080.jpg)
दराजमा बिकाजी, सगुन, हल्दिराम, आँगन जस्ता प्रसिद्ध ब्राण्डका मिठाईहरु उपलब्ध छन् ।
बुबाको मुख हेर्ने दिनमा आफ्नो बुबालाई विभिन्न उपहार दिनको लागि आजै डाउनलोड गर्नुहोस् दराज एप ।