Step #01
दराजमा अर्डर राख्न प्लेस्टोर वा एप स्टोरबाट दराज एप डाउनलोड गर्नुहोस्।एकचोटि डाउनलोड भएपछि, खोल्नुहोस् र साइन अप गर्नुहोस्।
Step #02
तपाईको इच्छित आइटमको लागि खोजी गर्नुहोस्, तपाईले सर्च बक्स् पनि प्रयोग गर्न सक्नुहुनेछ र इच्छित आइटमको क्याटेगोरी वा वर्ग बाट पनि खोजी सक्नुहुनेछ।

Step #03
जब तपाईले आफ्नो वस्तु फेला पार्नुहुन्छ, ट्याप गर्नुहोस् र उत्पादनको विवरण हेर्नुहोस्।
तपाईले खोजिरहनु भएको उत्पादन फेला पार्नुभयो भने अब खरीद गर्नुहोस्। यदि तपाई अझै खरीदहरू गर्दै हुनुहुन्छ भने चित्र मा देखाको जसरि त्यहाँ ट्याप गर्नुहोस् र कार्टमा सामान थप्नुहोस्।

Step #04
सामान थप्न भएपछि कार्टमा जानुहोस्।अब तपाईले किन्न चाहानु भएको वस्तुहरू छान्नुहोस् र त्यसपछि चेक आउटमा ट्याप गर्नुहोस्।

कार्ट मा जान माथि चित्र मा रातो ले जनाएको कुनै एकमा जान सक्नुहुन्छ । कार्ट मा समान थप्दा आफै चित्र मा देखाको जस्तै “कार्ट मा जानुहोस” भन्ने सन्देश देखिन्छ । यहाँ भाउचर कोड छ भने प्रयोग गरी छूट् पाउनसक्नुहुनेछ।

Step #05
अब तपाईले आफ्नो स्क्रीनमा आफ्नो चेकआउट ट्याब देख्नुहुनेछ। यहाँ तपाईले वितरण भर्नुपर्ने छ जसमा डेलिभरी ठेगाना, नम्बर र अन्य जानकारी पनि दिन सक्नुहुन्छ।

Step #06
के के अर्डर गर्दैहुनुहुन्छ, मात्र कति, आदि राम्ररी हेरी निश्चित गर्नुहोस् र त्यसपछि पेमेन्ट गर्ने तरीका रोज्न अगाडि ट्याप गर्नुहोस्। तपाईले क्रेडिट र डेबिट कार्ड चयन गर्नुभयो भने तपाईले यहाँ आवश्यक विवरण भर्नु पर्छ। भुक्तानी विधि रोजेपछि “अब तिर्नुहोस्” भन्ने बटनमा ट्याप गर्नुहोस्।

अर्डर राम्ररी हेरी सुनिश्चित गर्नुहोस् र अब तपाईले चाँडै अर्डर कन्फर्म भएको भनि इमेल पाउनुहुनेछ। अब बस तपाइँको अर्डर आउन को लागी प्रतीक्षा गर्नुहोस्।

तपाईको अर्डरबारे समय समयमा जानकारी लिन जरुरि पर्दछ त्यसैले दराज मा आफ्नो अर्डर कसरि ट्रयाक गर्ने हेर्नुहोस्।
दराज मा अर्डर कसरि गर्ने भनेर ओशिन जी ले पनि सिकाउनु भएको छ, एक चोटी त्यो विडियो नि हेर्ने होकी?
For the best online shopping experience, download the Daraz App today!