लौ हेर्नुहोस् हरेक नेपालीको घरमा पाइने महाबचतका १० उपायहरु! 0 4

हामी नेपालीहरु एकदमै बाठा छौँ, चामल सित पिठो साट्ने बाठो। हामी हरेक चिज को पुरा सदुपयोग गर्न जानेका छौँ। हाम्रा घरहरुमा कुनै चिज खेर जादैन, न त प्लास्टिक, न त दाँत माज्ने ब्रुष, न त थोत्रो लुगाहरु। हामी हरेक चिजलाई कुनै न कुनै रुपमा, एकदम सहि दिमाग लगाई आफ्नो फाइदाको लागि प्रयोग गर्छौँ। महाबचत गर्नमा त हामी नेपाली नम्बर १, त्यहि भएर शपिंग नि दराज महाबचत बजार बाटनै गरिन्छ, कि कसो?

त्यो सब छोडौँ, अब ब्लग तिर लागौँ, लौ हेर्नुहोस् हरेक नेपालीको घरमा पाइने महाबचतका १० उपायहरु! यी सब पाइन्छ ग्यारेन्टी का साथ, नभए मेरो नाम पनि अमिताभ बचन हैन।

1) प्लास्टिक भित्र प्लास्टिक कोचेको

बचत

सहि हो, प्लास्टिक फालेर किन प्रदुषण बडाउने, हैन? प्लास्टिक पनि काम आउने, पैसा पनि जोगिने र प्रदुषण नि कम हुने !

2) नयाँ बट्टा पनि कसले किन्छ र?

बचत

हुनत दराज मा सहि सहि बट्टाहरु पाइन्छ, त्यो पनि अहिले महाबचत बजार अफर ले गर्दा त झन् सस्तोमा तर पाइन्छ भन्दैमा किन्नुनैपर्छ भन्ने के छ र? हरेक नेपालीको घर मा हेरे हुन्छ, जाम को सिसि, ग्लुकोज को सिसि, हर्लिक्स को सिसि, अचार को सिसि, सबलाई मज्जाले युज गरिन्छ, नयाँ किन्ने परेन। सहि बचत!

3) यस्तो ब्ल्याङ्केट त कुनै न कुनै बेला घरमा भएको नै हुनपर्छ

यो ब्ल्याङ्केट थोत्रो भएपछि तन्ना बनाउन सहि काम आउछ, अर्को सहि बचत!

5) आइस क्रिम को बट्टामा चना भिजाउने

आझै पनि कहिलेकाँही साँच्चिकै आइस क्रिम हो कि भनेर बट्टा खोताल्न जाँदा मनमा चस्स पर्छ।

6) यस्तो खालको धोका हरेक नेपालीलाई पक्का परेको ।

आइस क्रिमको भाँडोमा गेडा गुडी अनि विदेशी कुकिज़को भाँडोमा सियो धागो। त्यो कुकिज़ कहाँ गयो, कसले खायो, त्यसको जवाफ कहिले पाइन्न, जम्मा सियो धागो मात्र। ठुलो धोका!

7) जे सुकैहोस्, प्लास्टिक चाहिँ बसीराख्छ।

सोफा होस् या अरुनै केहि, धुलो को डरले प्लास्टिक चाहिँ सधैं बसीराख्छ। सोफा थोत्रो भए नयाँ किन्नुपर्छ, धेरै पैसा जान्छ !

 8) फेरी, जे सुकैहोस्, प्लास्टिक चाहिँ बसीराख्छ।

बचत

9) कोक को बोतलमा खाने पानी

बचत

अमेरिकनहरुले हामी बाट सिक्ने पर्ने कुरो हो यो चाहिँ। यो सुरुगर्ने महान बुद्धिजीवी चाहिँ को रेछन्? अब त्यो त खोज तलासी गरेर पत्ता लाउन पर्छ, तर कोक खान मनलागे चाहिँ दराज बाट नि अर्डर गर्न मिल्छ नि, त्यो पनि डिस्काउन्टमा। यो लिंकमा कति डिस्काउन्ट, अनि कसरि पाउने सब क्लियर हुन्छ।

10) दराज माथि कपडाले बेरेको महङ्गो सुटकेस

बचत

दराज, यो दराज हैन, कपडा हाल्ने दराज, अनि त्यसमाथि महङ्गो सुटकेस। यो प्राय इंडिया, पाकिस्तान, बंगलादेश, श्री लंका, नेपाल अनि म्यान्मार जस्ता देशरुमा प्राय देखिने दृश्य। त्यो सुटकेस त्यहाँ बाट हट्ने भनेको घर सरदा मात्र नै होला!

लौ मिल्यो कि मिलेन ब्लग, तल भन्नुहोला है !

अनि दराजको महाबचत बजारको फाइदा उठाउन दराज एप डाउनलोड गर्नुहोला!
Previous ArticleNext Article

Leave a Reply

Pin It on Pinterest