Daraz Life

केवल दराजमा पाउनुहोस: अपाचे आरटिआर १६० फोरभी सिंगल डिस्क १४ हजार रुपैयाँ छुटसहित

टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटिआर १६० फोरभीको सिंगल डिस्क भेरियन्ट दराजमल मार्फत सार्वजनिक गरेको छ । कम्पनीले २६ गतेसम्म दराजबाट मोटरसाइकल बुक गर्नेलाई १४ हजार रुपैयाँ छुटसहित बिक्री सुरु गरेको हो । 

नेपालमा नै पहिलोपटक कुनै पनि मोटर कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्लेटफर्ममार्फत गरेको यो पहिलोपटक हो ।  कोभिड–१९ का कारण सामाजिक दूरी कायम गर्दै अगाडि बढ्नुपर्ने भएकाले यसको लन्चिङ दराजमल रहित आफ्नो अनलाइन पसलबाट बिक्री सुरु गरेको जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालले बताए ।  

विशेषता

यसमा पावर राइडिङका लागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स रहेको छ । यो मोटरसाइकलको टप स्पिड १ सय १३ किलोमिटर प्रतिघन्टा रहेको छ । यसले ० देखि ६० किलोमिटर प्रतिघन्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पूरा गर्ने कम्पनीको दाबी छ । यसमा १५९.७ सिसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पिएस पावर ८ हजार आरपिएममा र १४.८ एनएम टर्क ६ हजार ५ सय आरपिएममा उत्पादन गर्ने जनाइएको छ । 
यसलाई कम्पनीले मेटालिक ब्लू, रेसिङ रेड र काइनाइट ब्ल्याक गरी तीन कलर अप्सनमा बजारमा ल्याएको छ ।

बजार मूल्य Vs दराज विशेष मूल्य

कम्पनीले सार्वजनिक गरेको मूल्यसूचीमा यसको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ तोकेको छ । छुट पाउने ग्राहकले भने २ लाख ५८ हजार ९ सय रुपैयाँमा पाउनेछन् । 

दराज मल

यस्तै अन्य अफरहरु ब्रान्डेड उत्पादन को लागि दराज मल लाइ सम्झनुहोस्। दराज मलमा तपाइले केवल आधिकारिक वितरक तथा ब्रान्डहरु बाट मात्र किन्न सक्नुहुनेछ जसले गर्दा अरिजिनल समान मात्र पाउनुहुनेछ। दराज मलमा अन्तरास्ट्रिय र राष्ट्रिय गरि १६५ भन्दा बढि अनलाइन पसल हरु छन्। त्यहाँ तपैले एडिडास, भ्यांस, कन्वर्स, गोल्डस्टार देखि सुजुकी, यामाहा को पनि अनलाइन पसल भेट्न सक्नुहुन्छ।


Know More About DarazMall Here

Leave a Reply

Send this to a friend