Daraz Life

दराज ११.११ सेलमा लाखौंले पाए करोडौंको छुट: घरेलु, साना तथा मध्यम उद्योगहरु लाभान्वित

गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौं ग्राहकहरुले करोडौंको छुट पाएका छन्। वाणिज्य द्वारा नेपाली समुदायहरुलाई उत्थान गर्ने उद्देश्यले सुरु भएको यो वर्षको ११.११ सेलमा ५० लाख ग्राहकमहानुभावहरुले दराजबाट सामान खरिद गरेका छन् । यो तथ्याङ्कले नेपालीहरुको डिजिटल प्लेटफर्म प्रति बढ्दो विश्वास र ईकमर्स मोह देखाउँछ ।

बिक्रेताहरूको अनलाइन व्यवसाय बढाउन मद्दत गर्ने उद्देश्यले विभिन्न ब्राण्ड तथा क्रेताहरुलाई प्रशिक्षण प्रदान गरेर सफलतापूर्वक १९,००० बिक्रेताहरुको संजाल निर्माण गर्न सफल दरजले इ–कमर्सलाई पहुँचयोग्य बनाउन र स्थानीय समुदायहरूलाई उत्कृष्ट मूल्यमा विविध सामानहरु प्रदान गरेर उनीहरूको जीवनको गुणस्तर सुधार्न सफल भएको छ । दराज ११.११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरु अत्याधिक बिक्रि गरेको दराज, दैनिक आवश्यक्ताका सामानहरुको गन्तव्य बनेको देखिन्छ ।

दराज ११.११ सेलको बारे विस्तृत जानकारी

दराजले राजधानी बाहिरका बिक्रेताहरुलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८  स्थानहरुबाट सेवा प्रवाह गर्ने गरेको छ। जसले गर्दा सेलको अवधिमा काठमाडौं उपत्यका बाहिरका खरिदकर्ताहरुको संख्यामा ६०० % को भारी बृद्धि देखिएको छ ।  

सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५०० अर्डर प्रप्त गर्न सफल भएको थियो, साथै सामान्य समयको तुलनामा दराज ११.११ सेलमा दराजको बिक्रि ४६ प्रतिशतको बृद्धि पनि देखिएको थियो । ११.११ सेलको सफल्ता बारेमा चर्चा गर्दै दराजका प्रवन्धक निर्देशक आँचल कुँवर भन्छिन्ः

“यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरुको लागि उत्कृष्ट मूल्यमा सर्वोउत्कृष्ट सामान उपलब्ध गराउँनमा प्रतिवद्ध छौं । र हाम्रो यहि उद्देश्यले गर्दा नै हाम्रो दराज ११.११ सेलले यो सफल्ता प्राप्त गर्न सफल भएको छ । यो सफल्तामा ग्राहकमहानुभावहरुको साथ साथै धेरै साझेदार ब्राण्ड तथा बिक्रेताहरुको हात छ । नयाँ बिक्रेताहरुले हामीलाई विश्वास गरेर दराजमा सामान राख्नुभएको देखेर हामी निकै हर्षित छौं । सम्पूर्ण दराजकर्मीहरुको तर्फबाट हाम्रा सुभचिन्तक, ग्राहकमहानुभाव तथा साझेदारहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु  । ”

आँचल कुँवर

सेलमा खट्टिएका ८०० भन्दा धेरै डेलिभरी कर्मचारीहरुको काम आफैमा प्रशंसनीय छ । दराजले सेलमा काठमाडौं देखि महेन्द्रनगर सम्म करिब ५२२ किलोमिटरको सबै भन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरेको थियो । 

दराजको बारेमा 

सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एशियाकै अग्रणी ई कमर्स प्लेटफर्म हो । हाल दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरी ५ देशहरुमा उपलब्ध छ । ५० करोड जनसंख्या भएको क्षेत्रमा विश्वस्तरीय प्रविधि द्वारा ६५०,०० भन्दा धेरै बिक्रेताहरुलाई जोड्दै दराजले फेसन, खेलकुद, सौन्दर्य, देखि घरायसी सामान सम्मका उत्पादनहरु बिक्री गर्दै आएको छ ।  साथै, दराज एक्सप्रेस र दराज पे मार्फत, दराजले बजारमा सबैभन्दा प्रभावकारी र डिजिटलाइज्ड लजिस्टिक र भुक्तानी पूर्वाधार सञ्चालन गर्दछ। दराजको भिजन भनेको २०३० सम्ममा ५ करोड उपभोक्ता र व्यवसायहरुलाई सेवा प्रदान गर्दै दक्षिण एसियाको च्याम्पियन बन्ने हो ।

विस्तृत जानकारीका लागि दराजको आधिकारिक वेबसाइट भ्रमण गर्नुहोला । लिङ्कः www.daraz.com.np

………………………………………………………….. समाप्त ………………………………………………………..

Leave a Reply

Send this to a friend