दराज बाट किनेको सामान एक्सचेन्ज गर्न मिल्छ र?
दराज ले केवल खरीददार र बिक्रेतालाई मिलाउने काम गर्छ । हामीले बिक्रेता सँग सामान किनेर बेच्न राख्ने गर्दैनौं । हामी बिक्रेताहरुको लागि एउटा प्लेटफर्म प्रधान गर्छौं जहाँ बिक्रेताहरुले आफ्नो सामान बेच्न राख्न सक्छन् । हामी बिक्रेता तथा हाम्रा पार्टनरहरुको लागि नीति तथा नियम बनाउछौं तर हामीले आफै मूल्य तोक्दैनौं । त्यहि भएर हामीले कुनै सामान भनेको जस्तो नआए उपभोक्ता को पैसा फिर्ता गरिदिन्छौं बिक्रेता लाइ त्यो सामान बुझाई दिन्छौ तर समान चाइ एक्सचेन्ज गर्न सक्दैनौं ।
दराजको रिटर्न पलिसी
दराजको यूनिक सेलिङ्ग पोइण्ट भनेकै दराजको रिटर्न पलिसी हो । यदि कुनै ग्राहक ले गलत अथवा कम गुणस्तर को सामान पाउनु भयो भने हामी डिलिभरी भएको ७ दिन भित्र र दराज मल नामक हाम्रो प्रिमियम खण्ड बाट किनेका समानहरु १४ दिन भित्र फिर्ता गर्न पाउने सुविधा दिन्छां । हामी फिर्ता भएको सामान को गुणस्तर जाच्छौं र त्यसपछि ग्राहकहरुले आफ्नो पुरै पैसा बैंक द्वारा फिर्ता पाउनु हुन्छ । यस्तो सुविधा अरु कता पाइन्छ भन्नुस त?
दराज मा आफ्नो अर्डर कहाँ पुग्यो कसरि हेर्ने? जान्नलाई यहाँ क्लिक गर्नुहोला !
दराज मा सामान कसरि फिर्ता गर्ने ?
[embedyt] https://www.youtube.com/watch?v=As6MIT9NzB4[/embedyt]यो एकदमै सिम्पल छ । तल भनेको जस्तै गर्नुहोला :
- दराज एप खोल्नुहोस
- लग इन गरेको छैन भने लग इन गर्नुहोस
- “माइ अक्कौण्ट” अथवा “खाता” मा थिच्नुहोस
- अब “भ्यु अल” मा थिच्नुहोस
- यहाँ बाट फिर्ता गर्नु पर्ने सामान को तल भएको “रिटर्न” मा थिच्नुहोस
- फिर्ता गर्नु पर्ने कारण छान्नुहोस्
- थप प्रतिक्रिया दिनुहोस
- अब तपाइले ट्रयाकीङ नम्बर DEX-NP-xxxxxx र आर ए कोड XXXXXXX भएको रिटर्न लेबल पाउनु हुन्छ
- आफ्नो सामान प्याक गर्नुहोस् र सकेसम्म सामान सँग आएका सबै कागज पत्र, बिल आदि हाल्न नभुल्नुहोस्
- बक्स वा प्याकेजिङ को माथि ट्रयाकीङ नम्बर DEX-NP-xxxxxx र आर ए कोड XXXXXXX लेख्नुहोस् अथवा रीटर्न लेबल प्रिन्ट गरि प्याकेजिङ माथि टास्दिनुहोस्
- सामान प्याक गरिसकेपछि तथा ट्रयाकीङ नम्बर राखेपछि आफू नजिकैको दराज हब मा गई प्याकेज छोडिदिनुहोस् ।
दराज हबमा सामान रिटर्न गर्नुपर्ने भनेर भनिदिनुहोला । ढुवानी र ढुवानी खर्चको जिम्मेवारी दराज ले नै लिनेछ ।
For more info, check out other helpful Daraz Customer University Videos:
[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=PLWnNUyKY7mUpgd1VYgVhjWXc1DRppIKgv&v=JiZt8uWpaoo[/embedyt]