Daraz Life

दराज मा सामान कसरि फिर्ता गर्ने ? 3196

दराज बाट किनेको सामान एक्सचेन्ज गर्न मिल्छ र?

दराज ले केवल खरीददार र बिक्रेतालाई मिलाउने काम गर्छ । हामीले बिक्रेता सँग सामान किनेर बेच्न राख्ने गर्दैनौं । हामी बिक्रेताहरुको लागि एउटा प्लेटफर्म प्रधान गर्छौं जहाँ बिक्रेताहरुले आफ्नो सामान बेच्न राख्न सक्छन् । हामी बिक्रेता तथा हाम्रा पार्टनरहरुको लागि नीति तथा नियम बनाउछौं तर हामीले आफै मूल्य तोक्दैनौं । त्यहि भएर हामीले कुनै सामान भनेको जस्तो नआए उपभोक्ता को पैसा फिर्ता गरिदिन्छौं बिक्रेता लाइ त्यो सामान बुझाई दिन्छौ तर समान चाइ एक्सचेन्ज गर्न सक्दैनौं ।

दराजको रिटर्न पलिसी

दराजको यूनिक सेलिङ्ग पोइण्ट भनेकै दराजको रिटर्न पलिसी हो । यदि कुनै ग्राहक ले गलत अथवा कम गुणस्तर को सामान पाउनु भयो भने हामी डिलिभरी भएको ७ दिन भित्र र दराज मल नामक हाम्रो प्रिमियम खण्ड बाट किनेका समानहरु १४ दिन भित्र फिर्ता गर्न पाउने सुविधा दिन्छां । हामी फिर्ता भएको सामान को गुणस्तर जाच्छौं र त्यसपछि ग्राहकहरुले आफ्नो पुरै पैसा बैंक द्वारा फिर्ता पाउनु हुन्छ । यस्तो सुविधा अरु कता पाइन्छ भन्नुस त?

दराज मा आफ्नो अर्डर कहाँ पुग्यो कसरि हेर्ने? जान्नलाई यहाँ क्लिक गर्नुहोला !

दराज मा सामान कसरि फिर्ता गर्ने ?

[embedyt] https://www.youtube.com/watch?v=As6MIT9NzB4[/embedyt]

यो एकदमै सिम्पल छ । तल भनेको जस्तै गर्नुहोला :

  1. दराज एप खोल्नुहोस 
  2. लग इन गरेको छैन भने लग इन गर्नुहोस 
  3. “माइ अक्कौण्ट” अथवा “खाता” मा थिच्नुहोस 
  4. अब “भ्यु अल” मा थिच्नुहोस 
  5. यहाँ बाट फिर्ता गर्नु पर्ने सामान को तल भएको “रिटर्न” मा थिच्नुहोस
  6. फिर्ता गर्नु पर्ने कारण छान्नुहोस् 
  7. थप प्रतिक्रिया दिनुहोस 
  8. अब तपाइले ट्रयाकीङ नम्बर DEX-NP-xxxxxx र आर ए कोड XXXXXXX भएको रिटर्न लेबल पाउनु हुन्छ
  9. आफ्नो सामान प्याक गर्नुहोस् र सकेसम्म सामान सँग आएका सबै कागज पत्र, बिल आदि हाल्न नभुल्नुहोस्
  10. बक्स वा प्याकेजिङ को माथि ट्रयाकीङ नम्बर DEX-NP-xxxxxx र आर ए कोड XXXXXXX लेख्नुहोस् अथवा रीटर्न लेबल प्रिन्ट गरि प्याकेजिङ माथि टास्दिनुहोस्
  11. सामान प्याक गरिसकेपछि तथा ट्रयाकीङ नम्बर राखेपछि आफू नजिकैको दराज हब मा गई प्याकेज छोडिदिनुहोस् ।

दराज हबमा सामान रिटर्न गर्नुपर्ने भनेर भनिदिनुहोला । ढुवानी र ढुवानी खर्चको जिम्मेवारी दराज ले नै लिनेछ । 

For more info, check out other helpful Daraz Customer University Videos:

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=PLWnNUyKY7mUpgd1VYgVhjWXc1DRppIKgv&v=JiZt8uWpaoo[/embedyt]


Previous ArticleNext Article

Leave a Reply

Send this to a friend