Daraz Life

दराजमा विक्रेता कसरि बन्नी? आजै आफ्नो अनलाइन स्टोर दराजमा सेटअप गर्नुहोस् – (2021)

आफ्नो उत्पादनहरूअनलाइन बेच्न खोज्दै हुनुहुन्छ? दराजको विक्रेता बन्न चाहानुहुन्छ? तर कसरी थाहा छैन? चिन्ता नलिनुहोस्! यो लेख तपाइँ कसरी दराज नेपालमा विक्रेता बन्न सक्नुहुन्छ भन्ने बारे तपाइँको विस्तृत गाईड हुनेछ।

स्टोर कसरि सेटअप गर्नी भनेर हेर्नु अगाडी, तपाईंलाई दराजमा के कस्तो स्टोरेहरु खोल्न सकिन्छ भनेर केहि द्रुत विचार दिन चाहन्छु।

  • दराजमल सेलर: अधिकृत वितरक / विक्रेताहरूको लागि
  • लोकल सेलर: स्थानीय विक्रेताहरू जो अन्य प्रकारका उत्पादनहरू बेचीरहेका छन्
  • ग्लोबल सेलर: नेपाल बाहिर आधारित विक्रेताको लागि
  • डिजिटल सेलर: डिजिटल सामानहरू जस्तै भाउचर, टिकट र अधिक बेच्ने विक्रेताहरूका लागि।

दराजमा विक्रेता बन्नको लागि साइन अप गर्न एकदम सजिलो छ, तपाईंलाई चाहिने तल दिएको छ:

  • तपाईंको व्यवसायको प्यान वा भ्याट दर्ता नम्बर
  • बैंक खाता
  • इन्टरनेट कनेक्सन

येदि तपाईसंग यी सबै छ भनि तल दिएको चरणहरू अनुसरण गर्नुहोस्

1रेजिष्टर गर्नुहोस् र तपाईंको स्टोर सेट-अप गर्नुहोस्

दराजमा विक्रेता बन्नको लागि तपाइँको यात्रा सुरू गर्न तलका चरणहरू अनुसरण गर्नुहोस

  • दराज वेबसाइट खोल्नुहोस्
  • सेल अन दराज ” मा क्लिक गर्नुहोस्
  • त्यसपछि “स्टार्ट सेलिङ्ग” मा क्लिक गर्नुहोस्
  • तपाईंको स्टोरको प्रकार छनौट गर्नुहोस् र साइन अपमा क्लिक गर्नुहोस्
  • त्येसपछि तपाईंलाई सेलर रेजिसट्रेसन फारममा पुनः निर्देशित गरिने छ
https://blog.daraz.com.np/2021/06/07/avoid-scams-while-shopping/?spm=a2a0e.443.0.0.23dc5255LEsqo1
घोटालाबाट कसरी बच्ने?

2सेलर रेजिसट्रेसन फारम भर्नुहोस्

सेलर रेजिष्ट्रेसन फारममा तपाईंलाई निम्न जानकारीहरु भर्न अनुरोध गरिनेछ।

  • तपाईको खाता प्रकार चयन गर्नुहोस् – दराजमा विक्रेता बन्न तपाईं प्यान वा भ्याट दर्ता विक्रेता हुनुपर्दछ
  • स्टोर आधारित – नेपाल वा नेपाल बाहिर आधारित छनौट गर्नुहोस्
  • मोबाइल नम्बर – यौटै मोबाइल नम्बर दुई फरक खाताका लागि प्रयोग गर्न मिल्दैन ।
  • वान टाइम पासवर्ड (OTP) प्राप्त गर्न बारलाई स्लाइड गर्नुहोस्
  • तपाईले एसएमएसको रूपमा पासवर्ड प्राप्त गर्नुहुनेछ
  • पासवर्ड प्रविष्ट गर्नुहोस्
  • तपाईंको इमेल हाल्नुहोस
  • तपाईंको स्टोरको नाम प्रविष्ट गर्नुहोस्
  • यदि तपाईंसँग प्रोमो कोड छ भने तपाईं यसलाई प्रविष्ट गर्न सक्नुहुनेछ (यो वैकल्पिक हो)
  • अगाडी बढ्न सर्तहरू स्वीकार्नुहोस्

3 – टु डु लिस्ट पुरा गर्नुहोस्

तपाईंले रेजिष्ट्रेसन फारम बुझाउनु भएपछि, तपाईंले “टु डु लिस्ट” भर्न आवश्यक पर्दछ जसमा निम्न समावेश छ:

  • ठेगाना पुस्तिका
  • आईडी जानकारी
  • बैंकको जानकारी
  • अर्डर प्याकेजिंगको जानकारी

3 (A) – ठेगाना पुस्तिका अपडेट गर्नुहोस्

तपाईंले तल दिएका ठेगानाहरू भर्नु पर्छ

  • गोदाम ठेगाना
  • ब्यापार ठेगाना
  • समान फिर्ता गर्ने ठेगाना
  • नोट: सबै ठेगाना यौटै हुन सक्छन् या फरक नि हुन सक्छन्। तपाईंले पूर्ण ठेगानाहरू उल्लेख गर्नुपर्दछ।

3 (B) – तपाईंको कर्पोरेट फाइल प्रमाणित गर्नुहोस्

तपाईंको कर्पोरेट फाइल प्रमाणित गर्न, ड्याशबोर्डबाट तपाईंको ठेगाना सबमिट गरेपछि “भेरिफाई कर्पोरेट फाइल“मा क्लिक गर्नुहोस्

यहाँ तपाईंले निम्न जानकारी भर्नु पर्छ

  • व्यवसाय मालिकको नाम – ब्यापारको दर्तित नाम भर्नुहोस्
  • व्यापार दर्ता नम्बर (प्यान / भ्याट) – तपाईंको प्यान / भ्याट नम्बर प्रविष्ट गर्नुहोस्
  • व्यापार कागजात अपलोड गर्नुहोस् – तपाईंको प्यान / भ्याट कागजात अपलोड गर्नुहोस्

3 (C) – तपाईंको बैंक जानकारी भर्नुहोस्

  • खाता शीर्षक
  • खाता नम्बर
  • बैंकको नाम
  • शाखाको नाम
  • चेकको स्पष्ट तस्वीर अपलोड गर्नुहोस्

प्रत्येक जानकारी भर्नुभएमा, सबमिटमा क्लिक गर्नुहोस् । येदि गरे बापत तपाईंले अब दराजमा विक्रेता बन्न दर्ता गर्नु भएको छ। दाराज टिमले तपाईंले पेस गरेका विवरणहरू जाँच गर्नेछन् र त्येही अनुसार तपाईंको स्टोरे स्वीकृत वा अस्वीकृत हुन सक्छ।

4 – प्याकेजिंगको सामग्री अर्डर गर्नुहोस्

तपाईं दराजको दर्तित विक्रेता भएपछि, हाम्रो अनबोर्डिंग टिमले तपाईंलाई दाराजमा अनबोर्ड गर्ने प्रक्रिया सुरु गर्दछ जसमा तपाईंले प्रदान गरिएको ठेगाना, व्यापार सूचना र बैंक जानकारीको प्रमाणिकरण समावेश गरिनेछ र तपाइँलाई हाम्रो विक्रेता अनबोर्डिंग प्रशिक्षण सत्रमा उपस्थित हुन अनुरोध गरिनेछ।

प्रमाणीकरण र विक्रेता अनबोर्डिंग प्रशिक्षण सत्रमा उपस्थित भएपछि, तपाईंको उत्पादनको लागि चाहिने पहिलो प्याकेजिंगको सामग्री दराजले तपाईंलाई पठाईदिन्छ। त्येसपछिको प्याकेजिंग सामग्रीहरू तपाईंले अर्डर गरि आफ्नो उत्पादनहरुको बिक्री सुरु गर्न सक्नुहुनेछ।

दराजमा विक्रेता किन बन्ने?

दराजले हामीलाई हाम्रो सीमा विस्तार गर्न मद्दत गरेको छ। हामी अब काठमाडौंमा मात्र सिमित नभई उपत्यका बाहिरका व्यापक ग्राहकहरुलाई हाम्रो सामानहरु बेच्न सफल भएका छौ। साथै, दाराजको प्रचार अभियानहरूले मेरो बिक्री बढाउन पनि एकदमै मद्दत गरेको छ।”
रोबिन श्रेष्ठ, भान्डा पसल

अनलाइन शपिंग नेपालमा निरन्तर रुपमा बृद्धि भइरहेको छ। नेपालको अग्रणी अनलाइन बजारको, दराजमा अहिले १०,००० + सक्रिय विक्रेताहरूले आफ्नो उत्पादन बेचिरहेका छन् । वर्षौंको अनुभव, उन्नत अलिबाबा टेक्नोलोजी, बलियो पूर्वाधार, र प्रशस्त संसाधनहरू द्वारा समर्थित, नेपालमा अनलाइन विक्रेताको रूपमा सफल हुनको लागि दराज एउटा उत्तम प्लेटफर्म हो।

बजार प्रवृत्ति परिवर्तन हुँदैछ। मानिसहरु धेरै अनलाइन शपिंग गर्न थालेका छन्। हामी दराज अनलाइन समुदायको एक अंश हुन पाउँदा खुशी छौं। दराज को कारण हामीसँग व्यापार अनलाइन गर्न एक अनलाइन प्लेटफर्म छ।“- सोवित बी के, अलफ इ-स्टोर

दराज को साथ तपाईंसँग पछिल्ला, अत्यधिक उन्नत प्रणालीहरूको पहुँच हुनेछ जुन अलीबाबाको साथ सह-विकसित गरिएको हो।

दराज विक्रेता बन्न धेरै सजिलो छ। यदि तपाईं कसरी दराज विक्रेता बन्ने भन्ने बारे थप जानकारी चाहनुहुन्छ भने, तल दिएको लिंकमा क्लिक गर्नुहोस् : university.daraz.com.np

वा यस नम्बरमा दराज विक्रेता समर्थनलाई सम्पर्क गर्न सक्नुहुनेछ: +977-1-5970111

दराजमा सामान कसरि फिर्ता गर्ने?

Leave a Reply

Send this to a friend